जनकपुर- टिप्परको ठक्करबाट जनकपुरमा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार टिप्परको ठक्करले जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको हो।
सुधालाई ना १ क ४५०९ नम्बरको टिप्परले जनकपुरधाम-७ स्थित पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी सुधाको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।