काठमाडौं- अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेनरका सहचालकको मृत्यु भएको छ।
कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। गम्भीर घाइते पालको डा इवामुरा मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
ठक्कर दिने स्कुटर चालक सूर्यविनायक नगरपालिका-९ नलिनचोक बस्ने ३८ वर्षीय बसन्त देउजालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।