काठमाडाैं- सडक डिभिजन कार्यालय लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह रु १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे।
उनीहरु घुस लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट शुक्रबार पक्राउ परेका हुन्। दुवै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।