एजेन्सी- ५० काे दशकमा फ्यानहरुका लािग निरुपा देवी बनेकी ७०/८० दशकमा निरुपा राेयले धेरै फिल्महरुमा आमाको भूमिका निर्वाह गरिन्। उनले शशि कपूर, जितेन्द्र र अमिताभ बच्चनजस्ता अभिनेताको आमाको भूमिका निभाइन्।
५० को दशकमा धार्मिक फिल्महरु र ७० काे दशकमा भावनात्मक आमाकाे चरित्रबाट लोकप्रियता प्राप्त गरेकी राेयकाे जन्म ४ जनवरी १९३१मा भएकाे थियाे। राेयको जन्म गुजरातमा भएको थियो।
उनको वास्तविक नाम कोकिला किशोर चन्द्र बुलसारा हो। फिल्म उद्योगमा आएपछि उनको नाम परिवर्तन भएकाे हाे। १५ वर्षकाे उमेरमा कमल राेयसँग विवाह गरेपछि उनी मुम्बई पुगिन्।
१९४६ मा उनका पतिले गुजराती अखबारमा विज्ञापन देखे। जहाँ फिल्मको लागि पात्र खोजिएकाे थियाे। उनले निरुपाको प्रोफाइल पठाए र चयन पनि भइन्।
उनले 'रनकदेवी'काे नामबाट फिल्ममा डेब्यू गरेकी हुन्। त्यही वर्ष निर्देशक होमी वाडियाले उनको पहिलो हिन्दी फिल्म अमर राज बनाएका थिए। उनकाे साथमा त्रिलोक कपूर हिराे थिए।
५०/६० को दशकमा उनले १६ वटा फिल्ममा देवीको भूमिका निभाइन्। उनले अभिनेता त्रिलोक कपूरसँग दर्जनौं धार्मिक फिल्महरू गरिन्। राेयले देवीको भूमिकामा पारेकाे प्रभावले मानिसहरुले उनलाई वास्तवमै देवीको रूप मान्न थालेका थिए। मान्छेहरु उनको घरमा आउँथे र उनको खुट्टा छुन्थे र भजन गाउँथे।
५० काे दशकमा उनी प्रशंसकहरुका लागि 'देवी' थिइन् भने ७०/८० काे दशकमा फिल्महरुमा आमाको भूमिका खेलेकी थिइन्। उनले शशि कपूर, जितेन्द्र र अमिताभ बच्चनजस्ता अभिनेताको आमाको भूमिका निर्वाह गरिन्। अमिताभ बच्चन र शशि कपूरसँगको उनको फिल्म 'दीवार' धेरै चर्चित भयो। याे फिल्मपछि उनले अमिताभ बच्चनकी आमाको रूपमा लोकप्रियता हासिल गर्न सफल भइन्।
अमिताभ बच्चन र निरुपा राेय अन्तिम पटक १९९९मा फिल्म 'लाल बादशाह' मा आमा छोराको भूमिकामा देखिएका थिए।
आफ्नो पाँच दशक लामो चलचित्र जीवनमा उनले करिब ३०० फिल्महरुमा अभिनय गरिन्। उनकाे १३ अक्टाेबर २००४ मा निधन भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।