काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपाले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, नारायणकाजी श्रेष्ठदेखि बेदुराम भुसालसम्म, पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा ।
२)१२ खर्बका आयोजनाको पूर्वमूल्यांकन सकिएको लगानी बोर्डको भनाइ, तमोर जलविद्युत आयोजना अध्ययन गर्न कम्पनी छनोट, झापामा चीन–नेपाल मैत्री पार्क बन्दै ।
३)आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने बन्चरे डाँडाका स्थानीयको चेतावनी, २ वर्षका लागि भएको सम्झौता १४ वर्षसम्म पनि कार्यान्वयन नभएकोप्रति आक्रोश ।
४)खराब मौसम भन्दै शनिबारदेखि सुरु हुने ‘ए’ डिभिजन लिगको पाँचौ राउण्डका खेलहरु सारियो, एनआरटीले सोमबार १२ बजे जावलाखेलसँग प्रतिस्पर्धा गर्ने ।
५)र,अमेरिकी आक्रमणमा मारिए इरानको विशेष सैनिक दस्ता क्विड फोर्सका प्रमुख सुलेमानी, विदेशमा बस्ने अमेरिकी सैनिकहरुको सुरक्षाका लागि सुलेमानीलाई मारिएको अमेरिकाको तर्क।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।