काठमाडौं– लोकपप तथा देउडा गायक टंक तिमिल्सिनाको नयाँ देउडा गीत ‘लै लै’ सार्वजनिक भएको छ।
बिहीबर युट्युबमार्फत् सार्वजनिक गीतमा टंक तिमिल्सिना र रेखा जोशीको स्वर छ। गीतमा तिमिल्सिनाकै संगीत छ भने हर्क साउदको शब्द छ।
गीतका एरेन्जर तिमिल्सिना नै हुन्। गीतको म्युजिक भिडियो बनेको छ। भिडियोमा सोनिका रोकाय र अभिषेक खड्काले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।