काठमाडाैं- पश्चिमी वायुको प्रभावले आज बिहान विभिन्न स्थानमा पानी परेकाे छ। दिउँसाे देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
पश्चिमी वायुको प्रभावले बिहीबार राजधानी काठमाडौंलगायत देशका पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको थियाे। महाशाखाका अनुसार काठमाडौं, पोखरा र नेपालगन्जमा छिटफुट वर्षा भएको हाे।
शुक्रबार राति मुलुकभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
यस्तै शनिबार पनि पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्।
यस्ताे छ तीन दिनकाे माैसम पुर्वानुमान
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।