एजेन्सी- गीतकार जावेद अख्तरले पाकिस्तानका प्रख्यात उर्दू कवि फैज अहमद फैजलाई 'हिन्दू विरोधी' भन्नु मूर्खतापूर्ण भएकाे बताएका छन्।
उनले भनेका छन्, 'अहमद फैजलाई 'हिन्दू विरोधी' भन्नु भनेको मूर्खतापूर्ण र हास्यास्पद हो। र यसबारे गम्भीरतापूर्वक कुरा गर्न पनि गाह्रो छ।'
समाचार एजेन्सी एएनआईका अनुसार जावेदले भनेका छन्, 'फैजले यो भनाइ पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल जिया उल हकको शासनविरुद्ध लेखेका थिए। उनले भने, 'उनले आधा जीवन पाकिस्तान बाहिर बिताए। उनलाई त्यहाँ पाकिस्तान विरोधी भनिएको थियो। उनले जिया उल हकको सरकार विरुद्ध लेखेका थिए। जुन साम्प्रदायिक र कट्टरपन्थी सरकार थियो।'
नाजम 'हिन्दू विरोधी' हो भन्ने दावीलाई खारेज गर्दै जावेद अख्तरले भने, 'यहाँ एउटा लाइन छ, 'गुन्जेगा अन-हकको नारा' जसको अर्थ 'अहम ब्रह्मा' हो, जसको अर्थ सृष्टिकर्ता र रचना एक हो, जो एक इस्लामी दृष्टिकोण होईन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।