एजेन्सी- अमेरिकाको उड्डयन नियामक प्राधिकरण एफएएले पाकिस्तानकाे हवाई मार्गलाई लिएर आफ्ना सबै एयरलाइन्स कम्पनीहरुलाई चेतावनी जारी गरेको छ। एफएएले एड्भाइजरी जारी गर्दै पाकिस्तानभित्र चरमपन्थी गतिविधिहरुका कारण विमानहरु असुरक्षित रहेकाे भन्दै यस्ताे चेतावनी जारी गरेको हाे।
चेतावनीमा भनिएको छ, 'उडानको क्रममा सावधान रहनुहोस्। आतंकवादी गतिविधिको कारण पाकिस्तानको वायुमार्ग र यस क्षेत्रका अमेरिकी विमान सेवाहरु खतरामा छन्।'
यस्तै पाकिस्तानी एयरपोर्टमा अमेरिकी एयरलाइन्सका कर्मचारीहरुका बारे पनि चेतावनी जारी गरिएको छ।
एड्भाइजरीमा थप भनिएको छ, 'पाकिस्तानमा आतंकवादी तत्वहरुको उपस्थितिले अमेरिकी विमानलाई जोखिम पैदा गरेको छ। यसमा साना हतियार, एयरपोर्ट आक्रमण, विमान विरोधी हतियारको हमला शामिल छ।'
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।