काठमाडौं- पोखरामा भूकम्पको झट्का महशुस गरिएको छ।
बिहीबार बेलुका करीब १० बजे भूकम्पको झट्का महसुस गरिएको हो। भूकम्प महसुसपछि पोखरा र यस आसपासका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ठूलै झट्का महसुस भएको प्रतिक्रिया दिइरहेका छन्।
भूकम्पले कहाँ के कति क्षति पुर्यायो भन्ने विवरण भने आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।