• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

२०१९ मा अस्ताएका विश्वका चर्चित व्यक्तित्व

64x64
नेपाल लाइभ शुक्रबार, पुस १८, २०७६  ०८:००
1140x725

एजेन्सी– सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ। राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुको २०१९ मा निधन भएको छ। कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुति दिइरहेका बेला ज्यान गएको छ। सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तिलाई यहाँ स्मरण गरिएको छ:

१. बलिउड अभिनेता कादर खानको निधन

बलिउड अभिनेता कादर खानको सन् २०१९ कै पहिलो दिन जनवरी १ मा ८१ वर्षको उमेरमा निधन भयो। क्यानडाको एक अस्पतालमा उपचार गराइरहेका खानको निधन भएको थियो। दुई दिनअघि नै उनको निधन भएको हल्ला फैलिएको थियो। त्यो हल्लाको परिवारजनले खण्डन गरे पनि हल्ला नै सत्य सावित हुन पुगेको जानकारी पछि आयो। अफगानिस्तानमा जन्मिएर भारतीय सिने क्षेत्रमा चर्चित खान भारतीय साहित्यमा अब्बल लेखक र हाँस्यविधामा जमेका कलाकार थिए। 

२. संसारकै ज्येष्ठ पुरुषको बिदाइ

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’  का अनुसार विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिएका जापानी नागरिक मसाजो नोनाकाको ११३ वर्षको उमेरमा सन् २०१९ जनवरी २० मा निधन भयो। उनको जन्म सन् १९०५ मा भएको थियो। सन् २०१८ मा उनलाई स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि जीवित पुरुषमध्ये संसारकै सबैभन्दा जेठो व्यक्ति घोषणा गरिएको थियो।

३. अष्ट्रेलियाली पूर्व प्रधानमन्त्री बवको निधन 

Ncell 2
Ncell 2
nimb
nimb

लेबर पार्टीका प्रभावशाली नेता एवं) सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका बव हकको पनि २०१९ मै ८९ वर्षको उमेरमा निधन भयो। आफ्नो ८ वर्षे कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेका बवको सन् २०१९ को मे १६ मा निधन भएको हो। बव नेतृत्वको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीकीरण गर्दै आर्थिक स्वतन्त्रता र रोजगारीमा वृद्धि गराएको थियो। 

४. मलेसियाका सातौँ राजाको निधन

Xtrem

Xtrem

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको सन् २०१९ को मे २२ मा ८८ बर्षको उमेरमा निधन भयो। पाहाङ राज्यका पाँचौ राजा सुल्तान सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष सातौँ केन्द्रीय राजा बनेका थिए। सन् १९३० मा जन्मिएका उनी सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए। 

५. नाट्य क्षेत्रले गुमायो लोकप्रिय नाट्यकर्मी 

भारतीय नाट्यकर्मीमध्ये सम्भवतः सबैभन्दा लोकप्रिय गिरिश कर्नाडको ८१ वर्षको उमेरमा जुन १० मा निधन भयो। भारतको सबैभन्दा उच्च साहित्यिक पुरस्कार जनपीठलगायतका सम्मान पाएका कर्नाडले भारतीय समाज र समय प्रतिबिम्बितमा आधारित थुप्रै नाटक लेख्नुका साथै मौलिक छाप पार्ने अभिनय गरेका छन्। हालको कर्नाटक राज्यमा जन्मिएका कर्नाडले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गणित विषयको उच्च शिक्षामा छात्रवृत्तिमा अध्ययन गरेका थिए। अक्सफोर्ड विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका उनी भारत फर्केर कलाकर्ममा लागेका थिए। 

६. अदालतमा बयानकै क्रममा मृत्यु 

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको जुन १७ मा निधन भयो। आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि कायरोस्थित अदालतमा बयान दिइरहेका बेला उनको निधन भएको हो। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई सन् २०१२ मा निर्वाचित भएको एक वर्षमै इजिप्टको सेनाले अपदस्थ गरी जेल हालेको थियो। 

७. स्टेजमा प्रस्तुतिकै क्रममा अस्ताए हाँस्य कलाकार

‘स्ट्याण्डअप कमेडी’ का लागि चर्चित मञ्जूनाथ नायडुको जुलाई २१ मा प्रस्तुति दिने क्रममा दुबईमा स्टेजमै निधन भयो। प्रस्तुति दिँदै गर्दा अचानक ढलेका बेला दर्शकले त्यसलाई प्रस्तुतिकै लागि ढलेको ठानेका थिए। आफ्नो परिवार र डिप्रेसनका बारेमा बताउँदै ठट्टा गरिरहेका बेला उनी ढलेका थिए। स्टेजमा गएको एक मिनेटमै उनी ढलेका थिए। आबुधाबीमा जन्मेका मञ्जुनाथका बाबुआमाको भने उनी सानै छँदा निधन भएको थियो। उनको यस्तो अनौठो निधनले विश्वभरि नै चर्चा पाएको थियो। 

८. चिनियाँ पूर्व प्रधानमन्त्री पेङको निधन

 चीनका पूर्वप्रधानमन्त्री ली पेङको ९० वर्षको उमेरमा जुलाई २२ मा निधन भयो। चीनका अन्य शीर्ष पदमा रहेर सन् १९८० र १९९० को दशकमा उनले काम गरेका थिए। पेङ सन् १९८९ मा नेपाल भ्रमणमा आएका थिए। सन् १९८९ मा बेइजिङमा प्रजातन्त्र पक्षधरमाथि भएको दमनमा मुख्य भूमिका खेलेको पात्रको रुपमा उनी बढी चर्चित थिए। 

९. चर्चित साहित्यकार मोरिसनको मृत्यु 

विश्व चर्चित साहित्यकार तथा साहित्य विधामा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको पनि यसैवर्ष अगस्ट ५ मा निधन भयो। ८८ वर्षमा निधन भएकी मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदाय, अफ्रिकी अमेरिकीको पक्षमा बोल्ने र लेख्ने सशक्त व्यक्ति मानिन्छ। मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला पनि थिइन्। उनले ११ वटा उपन्यास तथा बालबालिकाका निम्ति धेरै किताब र निबन्ध लेखेकी छन्। उनका उपन्यासहरू ‘द न्यूयोर्क टाइम्स’ अखबारको सबभन्दा धेरै बिक्ने सूचीमा धेरै पटक परेका छन्। उनले सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको हातबाट ‘प्रेजिडेन्सियल मेडल अफ फ्रिडम’  पाएकी थिइन्। 

१०. स्वराजलाई गुमाउँदा दक्षिण एसिया शोकाकुल 

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुषमा स्वराजको अगस्त ६ मा निधन भयो। स्वराजलाई भारतमा प्रभावशाली र सशक्त नेतृका रुपमा स्मरण गरिन्छ । सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गत लोक सभा चुनावमा उम्मेदवारी दिएकी थिइनन्। उनी सन् २०१४ को २६ मे देखि पाँच वर्ष भारतको विदेश मन्त्री भएकी थिइन्। 

११. भारतीय नेता अरुण जेटलीको निधन

लामो समयदेखि बिरामी परेका भारतका पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टीका नेता अरुण जेटलीको पनि २०१९ मै निधन भयो। दिल्लीस्थित एम्स अस्पतामा भर्ना गरिएका जेट्लीको अगस्ट २४ मा निधन भयो। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता थिए। उनले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागू गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। जेटली अर्थमन्त्री भएकै बेला प्रधानमन्त्री मोदीले ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरेका थिए। 

१२. ३७ वर्ष शासन गरेका मुगाबेको विदेशमा मृत्यु

 जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा सेप्टेम्बर ६ मा विदेशमा निधन भयो। उनले जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री हुदै राष्ट्रपति भएर ३७ बर्ष एकछत्र शासन गरेका थिए। उनलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको थियो। नजरबन्दमै रहेका बेला विरामी भएपछि सिङ्गापुरमा उपचारका क्रममा उनको निधन भएको हो। उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले उनलाई ‘जिम्बाव्वे स्थापना गर्ने पिता’  तथा ‘मुक्तिका प्रतीक’  को सङ्ज्ञा दिएका थिए। 

१३. जापानका सुधारवादी पूर्वप्रधानमन्त्रीको बिदाइ

जापानका लोकप्रिय नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा नोभेम्बर २९ मा निधन भयो। सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएको र आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाएकोमा उनको उच्च प्रशंसा गर्ने गरिन्छ ।
यसबाहेक विश्वका अरु पनि केही चर्चित व्यक्तित्वलाई विश्वले सन् २०१९ मा गुमाएको छ। अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला, हलिउड स्टार जेन माइकल भिनसेन्टलगायतको पनि यसै वर्ष निधन भएको हो। 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्