काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) भारतीय सुरक्षाकर्मी सीमाबाट हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता, सत्तारुढ दलको प्रस्तावमा कांग्रेसको समर्थन, उच्चस्तरीय कूटनीतिक तहबाट राजनीतिक पहल गर्न सरकारलाई निर्देशन ।
२) माघ ७ गतेभित्र सबै रकम भुक्तानी नदिए देशव्यापी आन्दोलन गर्ने उखु किसानको चेतावनी, भुक्तानी दिलाउन सरकार कडाइका साथ अघि बढेको उद्योगमन्त्री भट्टको दाबी ।
३) इजिप्टका चार नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय, सूचना प्रविधि विधेयकबारे सञ्चारमन्त्री बास्कोटाले भने– काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।
४) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफको पहिलो जित, आशीषको २ गोलमा सरस्वती युथ क्लब २–१ गोलअन्तरले पराजित ।
५) र, ताइवानमा सेना प्रमुख शेनलाई लिएर सैन्य शिविरका लागि उडेको हेलिकोप्टर दुर्घटना, सेना प्रमुख शेनसहित ८ जनाको मृत्यु ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।