डडेलधुरा– बाजुराको कर्णाली नदीमा जिप खस्दा ज्यान गुमाएका ४ जनाकै सनाखत भएको छ। कर्णाली करिडोरअन्तर्गत कालापडा भीरबाट कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा जिप मालिकसमेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ बर्षीय रमेशबहादुर शाही, हिमाली गाउँपालिका ६ का ३६ बर्षीय पवन भण्डारी, कैलाली जिल्ला मोहन्या गाउँपालिका ५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगर र मुगुको कर्मारोड गाँउपालिका ८ की ३८ बर्षीय प्रेमा लामाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका ४ वाई बस्ने १३ वर्षीया सुशीला विक अझै बेपत्ता छिन्। उनको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भाटले बताए। दुर्घटनामा ४ जना घाईते भएका छन्। मुगुका २० बर्षीय गोम्चो लामा, सोही ठाउँका २१ बर्षीय टोर्चे लामा, बाजुरा बुढीनन्दा ६ की २२ वर्षीया सरु विक र उनकी २ वर्षीया छोरी घाईते भएकी छिन्।
हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जिप बिहीबार दिउँसो साढे १ बजे कर्णालीमा खसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।