इटहरी– सिद्धबाबा भनिने कृष्णबहादुर गिरीपीडित महिलाले सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले पैसा, गाडी र अपार्टमेन्टको प्रलोभन दिएको आरोप लगाएकी छन्। सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै उनले डिएसी शर्माले बाबा पक्षबाट पैसा र भनेजति सुविधा दिने कुरा आएकाले मिल्न दबाब दिएको बताइन्।
उनै शर्माले बयान फेरेको र आफूमाथि अन्याय गरेको उनको आरोप छ। शर्माले आफ्ना श्रीमान्लाई काठमाडौंमा भेटेर पैसा, अपार्टमेन्ट, सरकारी जागीर र कार दिने प्रलोभन देखाएको उनको दाबी छ। आफूमाथि बारम्बार बलात्कार भएको भन्दा पनि सिद्धबाबाले उन्मुक्ति पाएको उनले बताईन् ।
बलात्कारआरोपी गिरी सोमबारै सुनसरी जिल्ला अदालतमा ३ लाख धरौटी बुझाएर रिहा भएका छन् । उनी रिहा भएसँगै महिला अधिकारकर्मीले विरोध जनाएका थिए। त्यसपछि तिनै अधिकारकर्मीको आयोजनामा इटहरीमा पत्रकार सम्मेलन आयोजना भएको थियो।
पत्रकार सम्मेलनमा बोल्दै पीडित महिलाले गिरीले आफूलाई पहिला नै बलात्कार गरेको र सोमबार सुनसरी जिल्ला अदालतले बलात्कार गरेको आरोप लगाइन्। तर पनि आफू चुप लागेर नबस्ने भन्दै उनले अब सर्वोच्च जाने बताइन्। ‘निर्मला पन्तले मरेपछि पनि न्याय पाइनन्। म बाँचेकी छु, अब न्यायका लागि लड्छु ,’ उनले भनिन्, ‘सर्वोच्चबाट पनि भएन भने म अन्तर्राष्ट्रिय अदालत जान तयार छु । पछिल्लो समय आफूमाथि थुप्रै सुरक्षा चुनौती बढेको भन्दै उनले सुरक्षाको समेत माग गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।