• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य बिमा विस्तार हुँदै

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  २०:४०
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये हालसम्म सातवटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भइसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष डडेल्धुरा र डोटीमा बिमा कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य लिएको हो।

राष्ट्रिय बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सुदूरपश्चिम प्रदेश बिमित प्रदेश बन्न लागेको बताए। उनले भने‚ ‘यस प्रदेशका सबै जिल्लामा बिमा कार्यक्रम विस्तार गरेर बिमित प्रदेश बनाइनुपर्छ।’

उनले सरकारले हालसम्म देशभरीका ४ सय ८८ वटा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिसकेको बताए। उनले बिमा कार्यक्रम विस्तारका लागि ११ जिल्ला पहिचान भइसकेकाले ती जिल्लामा छुट्टै कार्यक्रम लागू गरिने पनि बताए।

स्वास्थ्य बिमा नविकरण गर्ने बढ्दै
नेपाल सरकारले २०७२ साल चैत २५ गतेबाट पहिलो चोटी कैलाली जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेको थियो। 

सुरुमा कैलालीमा पाँच सय दुई घरधुरी कार्यक्रममा समावेश भएका थिए। बिमा सुरु भएको एक वर्षपछि नविकरण भने एक सय १२ घरधुरीले गरेका थिए। सुरुमा नविकरण गर्नेको संख्या २२ प्रतिशतमात्रै रहेकोमा अहिले भने सुदूरपश्चिम प्रदेशमा नविकरण गर्नेको संख्या ६० प्रतिशत पुगेको प्रदेश बिमा बोर्डले जनाएको छ।

बोर्डका अनुसार २०७५ साउन १ गतेसम्म प्रदेशमा २ हजार ८ सय ४९ घरधुरी बिमामा आवद्ध भएकोमा २०७६ साउनसम्म १ हजार ७ सय २६ घरधुरीले नविकरण गरेका छन्।

सबै नागरिकलाई स्वास्थ्य बिमामा समावेश गरिन्छ : मन्त्री सुवेदी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमामा समावेश गराउन पहल भइरहेको बताएका छन्।

‘प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार यसै वर्ष गरिनेछ र त्यसपछि हरेक नागरिकलाई यसमा समावेश गरिनेछ’ स्वास्थ्य बिमा बोर्डले सोमबार धनगढीमा आयोजना गरेको प्रादेशिक समिक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री सुवेदीले भने‚ ‘कार्यक्रमलाई विस्तार गरेर सबैलाई बिमितमात्र बनाउने होइन‚ सेवा प्रदायक संस्थाको गुणस्तरमा पनि सुधार गरिनेछ।’ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै इमान्दार भएर लाग्नुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो कार्यक्रम हरेक गरीब, विपन्न तथा आर्थिक रुपमा कमजोर रहेका व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन लागू भएको हो।’ मन्त्री सुवेदीले नविकरण सेवाप्रदायक संस्थाको सेवासँग जोडिएको बताउँदै कतै सेवा प्रदायक संस्थाले राम्रो सेवा प्रदान नगरेको वा बिमाप्रतिको गलत प्रचार भएको त होइन भन्ने आशंका गरे।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव बालकृष्ण घिमिरेले सरकारले नीति बनाउने, तर कार्यान्वयन पक्षमा ध्यान नदिने गरेको गुनासो गरे। ‘स्वास्थ्य बिमा कार्यक्रम राम्रो हो’ उनले भने‚ ‘यसमा भएका कमी कमजोरी, समस्या तथा चुनौतिलाई पहिचान गर्दै सुधार गरेर अघि बढ्नुपर्छ।’ उनले नीति बनाएर कार्यान्वयन नभए त्यसको प्रभाव पनि राम्रो नहुने बताए।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले प्रदेशमा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन मन्त्रालयसँग सल्लाह र आवश्यक सहयोग गरिने बताए।

राष्ट्रिय बिमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्ट, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की, स्वास्थ्य निर्देशनालय दिपालयका निर्देशक गुणराज अवस्थी, प्रदेश स्वास्थ्य बिमा बोर्डका प्रमुख जनक साउद, सातवटै जिल्ला शाखाका प्रमुख, दर्ता सहयोगी, बिमित, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कैलाली जिल्ला संयोजक नरेश चौधरीले गरेका थिए।

Xtrem

Xtrem

स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिने
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने सम्झौता गरिएको छ।

सामाजिक विकास मन्त्री सुवेदीको रोहबरमा मन्त्रालयका प्रवक्ता बिष्ट र राष्ट्रिय बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

राष्ट्रिय बिमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुटमा समावेश गर्ने नीति लिएको थियो भने सुदूरपश्चिम प्रदेश सरकारले पनि ५० प्रतिशत थप रकम समावेश गरेको जनाइएको छ। 

प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले भने‚ ‘महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालीन सेवा प्रदान होस् भनेर प्रदेश मन्त्रालयले निःशुल्क बिमाको अवधारणा लिएको हो।’ उनले गत वर्ष प्रदेश सरकारले प्रतिमहिला स्वास्थ्य स्वयंसेविकालाई १० हजार रुपैयाँ दिने कार्यक्रम बनाएकोमा यस वर्ष बिमा कार्यक्रममा समावेश गर्ने कार्यक्रम अगाडि बढाएको बताए।

सुदूरपश्चिममा १२ प्रतिशत जनसंख्यामात्रै आवद्ध
सुदूरपश्चिम प्रदेशमा हालसम्म कुल जनसंख्याको १२ प्रतिशत जनसख्यामात्रै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएको तथ्यांकले देखाएको छ। 

बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार २०६८ को जनगणनाअनुसार प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेकोमा हालसम्म स्वास्थ्य बिमा कार्यक्रममा दुई लाख ४६ हजार दुई सय तीन जना आवद्ध भएका छन्।

सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबैभन्दा बढि स्वास्थ्य बिमित रहेका छन् भने दार्चुलाबाट हालसम्म सबैभन्दा कम स्वास्थ्य बिमित रहेका छन्। बिमा बोर्डका अनुसार गरीब घरधुरी पहिचान भइसकेका जिल्लामा बिमितको संख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ।

सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरीब घरधुरी पहिचान गरी परिचयपत्र वितरण गरिसकेको छ। प्रदेशका अन्य पाँच जिल्लामा भने पहिचान हुन बाँकी रहेको छ।

बिमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८ सय ३१ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् भने दार्चुलामा पाँच हजार ६ सय ८५ जनामात्रै हालसम्म आवद्ध भएका छन्। 

त्यस्तै, बझाङमा ३० हजार १ सय १२, बाजुरामा २६ हजार पाँच सय ७४, अछाममा २५ हजार ८ सय ६, बैतडीमा ११ हजार ९ सय ९० र कञ्चनपुरमा १० हजार १ सय ९५ जना स्वास्थ्य बिमित रहेका छन्।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार ३ सय १ जनाले स्वास्थ्य बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको जनाइएको छ। बिमा कार्यक्रमअन्तर्गत प्रदेशका सात जिल्ला गरी ३ करोड ८१ लाख ५ हजार २ सय ६२ रुपैयाँ लगानी भइसकेको बोर्डले जनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्