काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) चिनी उद्योगले उचित मूल्य र भुक्तानी नदिएको उखु किसानको गुनासो, सरकारी अनुदानसमेत नपाएको दाबी, पैसा नदिने उद्योगीलाई पक्राउ गरेर कारबाही गर्न सरकारलाई संसदीयसमितिको निर्देशन।
२) खाद्य कम्पनीमा कुहिएको ४ सय ८७ क्विन्टल चामल नष्ट गर्नुपर्ने, पुनः प्रयोग गरेर जोखिम नमोल्ने खाद्य प्रविधि विभागको भनाइ।
३) अन्तःशुल्क स्टिकर खरिद अनिश्चितकालका लागि लम्बियो, अदालतमा पेशी चढ्दै सर्दै, उद्योगी भन्छन्– कम्तिमा एकपटक परीक्षण त गरियोस्।
४) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्ससँग मनाङ १–१ गोलको बराबरीमा रोकियो, ४ खेल खेल्दै १० अंक बनाएको मनाङ शीर्ष स्थानमा।
५) र,अत्याधिक कुहिरोका कारण दिल्लीसहित उत्तर भारतमा यातायात सेवा प्रभावित, भिजिबिलिटी शून्य, ३० रेल तथा केही हवाई उडान डाइभर्ट।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।