काठमाडौं- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले नुवाकोटका पुष्पराज पाण्डेलाई सोमबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।
उनी स्थानीय जलसम्पदा तथा वातावरण कोषका अध्यक्ष रहेको जनाइएको छ।
पाण्डेले फोन तथा सन्देशमार्फत् धम्की दिएको प्रहरीले जनाएको छ।
उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।