• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उखु किसानको पीडा : वर्षभरिको पसिना चिनी मिल मालिकले खाए, हामी गरिबले के खाने सरकार?

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १७:५५
1140x725

काठमाडौं- खुट्टामा फित्तावाला चप्पल। बुढ्यौलीले सेतै फुलेका कपाल। हातमा ‘उखु किसानको भुक्तानी तुरुन्त गर’ लेखिएको पम्प्लेट।

‘साहुको ऋण लिएर सुरु गरेको म दुःखी किसानको ३ वर्षदेखिको ४ लाख बक्यौता मिलले दिएको छैन, भोलि दिन्छु भोलि दिन्छु भन्छ, दिँदैन,’ सर्लाही सिसौटीयाका रौदी महतोले नेपाल लाईभसँग दुखेसो पोखे। 

पुख्र्यौली पेशालाई अँगालेर उखु खेती गर्दै आएका ६० वर्षीय रौदी महतोले साहुसँग २ लाख ऋण लिएर उखु खेती विस्तार गरेका थिए। ‘आमाबुबाको पालादेखि उखु खेती थियो। त्यसैलाई राम्रो मेहनत गरे परिवार पाल्न सजिलो हुन्छ भनेर २ लाख ऋण लिएँ, किस्ता किस्ता गरेर पनि साहुको ऋण सकिएको छैन। यता वर्षभरिको परिश्रमको रकम मिलले खाइदिएपछि हामी दुःखी गरिबले चैँ के खाने?’  महतोले दुःख पोखे। 

साहुको ५ कठ्ठा जग्गा भाडामा लिएर उखु खेती गरिरहेका महतोलाई अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीजले २०७३ सालदेखिको बक्यौता रकम दिएको छैन। आफ्नो ४ लाख बक्यौता रकम नदिएसम्म आफू घर नफर्किने, भोकभोकै भए पनि आन्दोलन गर्ने उनले बताए।

‘मेरो उखु खेतीको जिम्मा अब म सरकारलाई दिन्छु। जताबाट पनि हामी किसानलाई मारमा पारेपछि हामी कति टिकिरहन सक्छौँ? अब उखु सरकारले सिंहदरबारभित्र उत्पादन गरोस्’, महतो भन्छन्। ऋण लिएर गरेको आफ्नो उत्पादनको मुल्य नपाउँदा महतोको मन कुँडिएको छ। उनको १२ जनाको परिवार उखु खेतीमै निर्भर छ। 

‘पेशा नै किसानी हो, अरु केही जानेको छैन। दुःख गरेर खाएको पनि कसैले हेर्न सकेन। हाम्रो पसिनाको कमाई मिल मालिकले खाएपछि हामी के खानु?’ अँध्यारो अनुहार बनाउँदै महतोले भने। ३६ प्रतिशत ब्याज तिर्ने गरी लिएको साहुको ऋण बढ्दै गयो। वर्षौँ दुःख गरेको रकम पनि नपाउँदा उखु खेती नै बन्द गर्नुपर्ने अबस्थाले उनले उनी मर्माहत छन्। 

सर्लाहीका हरिश्याम रायको कथा पनि रौदी महतोको जस्तै छ। १६ विघा जग्गामा हरिश्यामले वार्षिक ५० क्विन्टल उखु उत्पादन गर्दै आएका थिए। मिलले वर्षौँदेखि बक्यौता रकम नदिएपछि उनी पनि मारमा परेका छन्। पछिल्लो समय उनले ३ बिघा जग्गामा गर्दै आएको उखु खेती पनि बन्द गर्नुपर्ने अवस्थामा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारले हामी किसानलाई बेवास्ता गर्दै गएपछि हामी कसरी काम गर्ने?  काम हामी गर्ने, फाइदा मिल मालिकले लिने, न्याय माग्दा सरकार चुपचाप लाग्ने?’ हरिश्यामले प्रश्न गरे। रौदी र हरिश्यामजस्ता ७ सय उखु किसानहरु मारमा परेको संघर्ष समितिले जनाएको छ। अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज र महालक्ष्मी सुगर मिलबाट वर्षौदेखिको बक्यौता रकम नपाएपछि १ सयभन्दा बढी किसान आन्दोलनका लागि काठमाडौं आएका छन् । एकसातादेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । आफ्नो बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ। 

मिलले आफूहरुको बक्यौता रकम तुरुन्त दिनुपर्ने, चिनी मिलले आफूखुसी कायम गरेको मूल्य ५ सय खारेज गरी नेपाल सरकारले निर्धारण गरेको प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ कायम गर्नुपर्ने उनीहरुको माग छ। त्यस्तै सुक्खा कट्टिका रुपमा काटिँदै आएको २० प्रतिशत रकम भुक्तानी हुनुपर्ने उखु किसान संघर्ष समिति सर्लाहीले माग राखेको छ। 

के हो समस्या? 

Xtrem

Xtrem

सर्लाहीका उखु किसानहरुले चिनी उद्योगी र सरकारबाट पाउनुपर्ने रकम नपाएपछि एकवर्ष बढी समयदेखि आन्दोलन गरिरहेका छन्। एकवर्षसम्म सर्लाहीमै बसेर आन्दोलन गरिरहेका किसान आफ्नो माग पुरा नहुने देखेपछि अहिले भने काठमाडौं केन्द्रित भएका छन्। कृषि मन्त्रालयको तथ्यांकअनुसार ६ वटा चिनी उद्योगले उखु किसानको रकम भुक्तानी गरेका छैनन्। 

सबैभन्दा बढी भुक्तानी गर्न बाँकी रहेका उद्योग भने दुईवटा छन्। जसमध्ये राकेश अग्रवाल सञ्चालक रहेको अन्नपूर्ण चिनी मिलले ५० करोड रुपैयाँ र वीरेन्द्र कनोडिया सञ्चालक रहेको महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ बराबर किसानको रकम भुक्तानी गर्न बाँकी छ। अहिले आन्दोलन गरिरहेका उखु कृषक पनि यिनै दुई चिनी उद्योगबाट पीडित किसान हुन। 

कृषकहरु आन्दोलन गरिरहने तर उद्योगीले भुक्तानी नगर्ने समस्या लामो समयसम्म चलिरहेपछि गत जेठ ६ गते सर्लाहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा उखु किसान र उद्योगीबीच ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार उद्योगीहरुले गत असार मसान्त समयभित्रमा सबै बक्यौता भुक्तानी गरिसक्ने जनाएका थिए। तर सम्झौताको भाका तोकिएको ६ महिना बित्दासमेत उखु किसानले आफ्नो रकम पाएका छैनन्। उखुका लागि सरकारले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ समर्थन मुल्य तोकेको छ। 


गतवर्ष पनि यही रकम बराबर नै समर्थन मुल्य तोकिएको थियो। जसमध्ये व्यवसायीले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ र सरकारले ६५ रुपैयाँ अनुदानका रुपमा दिँदै आएको छ। उखु किसान चिनी उद्योगीबाट मात्र नभइ सरकारबाट पनि पीडित बन्दै आएका छन्। सरकारले दिनुपर्ने अनुदानवापतको रकम पनि उनीहरुले पाएका छैनन्। 

सरकारले कृषकलाई दिनुपर्ने १ अर्ब ३४ करोड रुपैयाँ बराबर अनुदानको रकम बक्यौता रहेकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९२ करोड रुपैयाँ बराबर अनुदान वितरणका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा दिईसकेको र बाँकी रकम भुक्तानी निकासाका लागि अर्थ मन्त्रालयलाई लेखिपठाएको कृषि विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए। 

चिनी उद्योगीहरुले हरेक वर्ष उखु किसानलाई निकै कम मुल्य दिएर खरिद गर्ने र त्यसको भुक्तानीसमेत समयमा नदिने गर्न थालेपछि सरकारले हरेक वर्ष समर्थन मुल्य तोक्ने र केही प्रतिशत अनुदान दिने गर्दै आएको छ। तर एकातर्फ चिनी उद्योगीबाट पीडित किसान सरकारबाट पनि अनुदानका रुपमा पाउनुपर्ने रकम समयमा पाउँदैनन्। गतवर्ष सरकारले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाउँदा पनि चिनी उद्योगीहरुले उखु किसानको पैसा तिर्न नसकेका कारण सरकारले यस्तो निर्णय गरेको जनाएको थियो।

तर विदेशबाट चिनी आयात बन्द भएर नेपालभित्र उत्पादित चिनीमात्र बिक्री वितरण गर्दासमेत उद्योगले कृषकको भुक्तानी दिएनन्। यसरी सरकारले विभिन्न सयममा उखु कृषकले भुक्तानी नपाउने समस्या समाधानका लागि भनेर विभिन्न समयमा निर्णय गर्ने भएपनि त्यसको प्रभावकारी कार्यान्वयन भने भएको देखिँदैन।
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्