काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) स्काउटको जग्गा कांग्रेस नेता खड्काको ‘कब्जा’मा, ३ रोपनी भाडामा लिएर साढे ५ रोपनीमा भवन, ११ रोपनी उपभोग, मासिक भाडा १ लाख २१ हजार मात्र ।
२) प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने नेकपा निर्णय, प्रस्तावका पक्षमा उभिन नेकपा प्रदेश सभा सदस्यलाई निर्देशन दिने निर्णय ।
३) नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको नेतृत्व एक वर्षसम्म नेतृत्वविहीन, तीन समूहको आ–आफ्नो स्वार्थ, भागबन्डा प्रतिशत मिलेन ।
४) इंग्लिस प्रिमियर लिग फुटबलमा मार्सियल र रास्फोर्डको गोलमा युनाइटेडको जित, घरेलु टोली बर्नली २–० गोल अन्तरले पराजित ।
५) र, भारतमा २२ वर्षयताकै सर्वाधिक चिसोे, ५९ जनाको मृत्यु, चिसो बढेपछि दिल्लीसहित ६ राज्यमा रेड अलर्ट जारी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।