लन्डन– इंग्लिस प्रिमियर लिगको शनिवार रातीको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ५–० को रवाफिलो जित दर्ता गराएपछि नयाँ कीर्तिमान बनेको छ। यो कीर्तिमान सिटीको नभई प्यालेसको बन्न पुगेको हो।
सिटीसँगको पराजयपछि प्यालेसले इंग्लिस फुटबल लिगको इतिहासमा सिजनको सुरुवात गर्दै ६ खेलमा पराजय भोगेको र विपक्षी टिमविरुद्ध एउटा पनि गोल गर्न नसकेको खराब कीर्तिमान बनाएको छ।
सिटी ६ खेलमा १६ अंक जुटाउँदै शीर्ष स्थानमा उक्लिएको छ। समान अंक जोडेको म्यानचेस्टर युनाइटेड गोल अन्तरका कारण दोस्रो स्थानमा झरेको छ। सिटीको जितमा लेरोय सानेले ४४ मिनेटमा पहिलो गोल गरेका थिए। लगत्तै रहिम स्टारर्लिङले ५१ र ५९ मिनेटमा दुई गोल गरे। सर्जियो अगुइरोले ७९ मिनेट र फाबियन डेल्फले ८९ मिनेटमा गोल गरेका थिए।
फाबियन अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।