धनगढी- धनगढीमा एकजना स्टाफ नर्स मृत फेला परेकी छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर आफ्नै कोठामा मृत फेला परेकी हुन्।
धनगढी उपमहानगरपालिका ५ तारानगरको ऐश्वर्या स्कुलनजिकै डेरा गरी बस्ने ऐर आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक ऐर धनगढीस्थित निसर्ग अस्पताल र नवजीवन अस्पतालमा कार्यरत थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।