• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रात्रिकालीन व्यवसायमा काम गर्ने युवतीको कथा

ग्राहकसँग जिस्कन तयार हुनुपर्छ, भनेजस्तो मेकअप नभए निकाल्ने धम्की दिन्छन्
64x64
नेपाल लाइभ शुक्रबार, पुस ११, २०७६  ०७:१०
1140x725

सांकेतिक तस्बिर


काठमाडौं- ‘म काठमाडौंको एक रोधी घरमा काम गर्छु। ज्यादै जोखिम मोलेर काम गर्न बाध्य छु, यसरी काममा खटिँदा पनि न्यूनतम पारिश्रमिक पाएको छैन,’ सिन्धुपाल्चोककी अमृता तामाङ (नाम परिवर्तन) ले एकै सासमा सुनाइन्। 
उनले रात्रिकालीन व्यवसायमा काम गरेको डेढ वर्ष भयो।

त्यहाँ आउने ग्राहकसँग जिस्कन पनि उनी तयार हुनुपर्छ। ग्राहकलाई जसरी हुन्छ भरपुर मनोरञ्जन दिनु पर्छ। साहुले भनेजस्तो मेकअप भएन भने त कामबाट निकाल्ने धम्की आउँछ। 

‘ग्राहकसँग बसेर जुस खानुपर्छ। सुरुमा त कति गाह्रो भएको थियो। नखाए जागिर गइहाल्छ अहिले त सँगै बसेर खान्छु’ अमृताले भनिन्। 

रोधी घरमा काम गर्ने प्राय युवती नै हुन्छन्। उनीहरूले मालिकले भनेअनुसार शरीर देखिने गरी कपडा लगाउनु पर्छ। 

‘पुस-माघको जाडो पनि न ज्याकेट लगाउन पाइन्छ न गलबन्दी ओड्न, लुगलुग काँप्दै शरीर देखिने कपडा लगाउनु पर्छ,’ उनी भन्छिन् ‘के गर्नु सुरुदेखि नै यही पेशा अँगालियो। अरु केही काम पाइएन।’ उनी रहरले होइन बाध्यताले यो क्षेत्रमा लागिन्। भन्छिन्, ‘यो क्षेत्रमा दुःख पाउने ममात्र होइन मजस्तै थुप्रै दिदीबहिनी हुनुहुन्छ।’ 

कामको सिलसिलामा काठमाडौं आएकी अमृता कसरी रात्रिकालीन सेवामा आबद्ध हुन बाध्य भइन् उनले आफ्नो कथा हामीसँग साटेकी छन्। 

गाउँबाट भर्खर काठमाडौं आएकी अमृता कामको खोजीमा धेरै भौतारिइन्। यही क्रममा धेरै समय बित्दा पनि उनले भनेजस्तो केही काम पाइनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बल्लबल्ल एउटा रोधी घरमा वेटरको काम भएको सुनिन्। 

काम साँझ ५ बजेदेखि राति १२ बजेसम्म गर्नुपर्ने थियो। तलब मासिक ३ हजार र टिप्स त्योभन्दा धेरै हुने भनिएको थियो। 

टिप्स पनि आउने भएपछि अमृता थोरै तलबमा भएपनि काम गर्न तयार भइन्। 

उनलाई वेटरको काम भनेर सरसफाईदेखि सर्भिसिङमा पनि खटाइयो। अर्कोतिर उनले ग्राहक पनि रिझाउनु पर्ने भयो।

Xtrem

Xtrem

कोहीकोही ग्राहकले आकलझुकल टिप्स दिन्थे। तर, टिप्स दिएको रकम पनि कहाँ बच्थ्यो र? 

टिप्स दिएको रकमले पनि मालिकले भनेअनुसार डिजाइन– डिजाइनको ड्रेस लगाउनु पथ्र्यो। भनेअनुसार मेकअप गर्नु पथ्र्यो। नभए कामबाट निकाल्ने धम्की सुन्नु पथ्र्यो।  

३ महिना बित्यो, उनले तलब पाइनन्। यता उनी बस्ने कोठाको भाडा ५ हजार थियो। महिना पुग्नेबित्तिकै घरबेटी ढोका ढक्ढक्याउन आउँथे। साथीहरूसँग सापटी मागेर उनले कोठाभाडा बुझाउँदै आएकी थिइन्।  

३ महिना बितिसकेपछि पटकपटक माग्दा रोधीघर मालिकले १५ सय रुपैयाँमात्रै थमाए। साहुले भनेजति पारिश्रमिक पनि समयमा नदिएपछि दैनिकी चलाउन एकदमै कठिन भएपछि अमृताले काम छाडिन्। 

फेरि उनले दोस्रो रोधी घरमा ६ हजार पारिश्रमिकमा काम सुरु गरिन्। 

‘सुरुमा काठमाडौं आउँदा बल्लबल्ल यही पेशामा काम पाएको अरु पेशाबारे केही थाहा थिएन, यसैमा पहिलेको भन्दा राम्रो काम खोज्दा ६ हजार तलब पाएको थिएँ’, लामो सास तान्दै उनले भनिन्। 

त्यो रोधी घरमा उनको काम टेबल सफा गर्नेमात्रै थियो। 

‘सुरुमा थाहा नहुँदा रोधी घरका हरेक काममा घोटिनु प¥यो, फरक काम गर्न फरक मान्छे राखेको हुँदो रहेछ’, अमृतालाई बिस्तारै थाहा हुँदै गयो। केही समय टेबल सफा गर्ने काम गरेपछि उनले स्टेजको काम पाइन्। 

अहिले उनी रोधी घरको स्टेजमा काम गर्छिन्। 

‘अहिलेचाहिँ म स्टेजमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म काम गर्छु, जसरी हुन्छ धेरै ग्राहक ल्याउने, ग्राहक रिझाउने काम गर्नुपर्छ। साहुले भनेअनुसारको ड्रेसअप र मेकअप हुनुपर्छ’ अमृता भन्छिन्। 

अहिले उनको पारिश्रमिक मासिक १२ हजार छ। त्यो पनि समयमा आउँदैन। टिप्समा भर पर्नुपर्छ। 

‘सधै कसले टिप्स दिन्छ र?, सरकारले कि त हामी रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकलाई श्रमिक होइन भन्नुप¥यो, होइन भने हाम्रो हकअधिकार सुनिश्चित हुनुप¥यो। कति दिन हामी जोखिम मोलेर काम गर्ने?’ अमृताले प्रश्न गरिन्। 

अमृता जस्तै रात्रिकालीन, मनोरञ्जन तथा सत्कार व्यवसायमा कार्यरत थुप्रै श्रमिक ज्यानै जोखिममा राखेर काम गर्न बाध्य छन्। 

उनीहरूले श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको गुनासो गरेका छन्।  

अहिले सरकारले विभिन्न व्यवसाय, उद्योग तथा कलकारखानामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० कायम गरेको छ। पारिश्रमिकका साथसाथै उनीहरूलाई बोनस लगायतका सेवासुविधा पाउनुपर्ने कानुनी प्रावधान छ। 

न्यूनतम पारिश्रमिक माग गर्दा मालिकले कामबाट निकाल्ने धम्की दिने गरेको रात्रिकालीन व्यवसायका श्रमिकहरू गुनासो गर्छन्। 

रेष्टुरेन्ट, बार, तथा रोधीघर लगायत क्षेत्रका श्रमिकको हकहितमा काम गर्दै आएको संस्था ‘विश्वास’ का अनुसार पछिल्लो समय नेपालका मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिकहरू ज्यान जोखिममा राखेर काम गर्न बाध्य छन्। 

उनीहरू मालिकले भनेअनुसार काम गर्नुपर्ने, यौन शोषणमा पर्ने र यसरी काम गर्दा पनि न्यूनतम पारिश्रमिक नपाउने समस्या छ। 

 विश्वास नेपालकी परियोजना संयोजक कमला सापकोटाका अनुसार नेपालका मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकलाई मालिकहरूले टिप्स र कमिसनको लोभ देखाएर काम लगाउँछन् तर पारिश्रमिक दिँदैनन्। 

‘मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने ठूलो संख्यामा महिला श्रमिकहरू छन्। पुरुष श्रमिक पनि छन् तर उनीहरू महिलाभन्दा कम संख्यामा छन् यस क्षेत्रका प्रायजसो श्रमिक शारीरिक तथा श्रम शोषणमा परेका छन्,’ परियोजना संयोजक कमलाले भनिन्। 
सरकारले यतातिर ध्यान दिन नसकेको सरोकारवालाहरूको भनाइ छ। 

तर सरकार भने यस क्षेत्रमा काम गर्दा समस्यामा परेका, ऐनअनुसार पारिश्रमिक नपाएका उजुरीहरू एकदमै कम आउने गरेको बताउँछ। 

श्रम कार्यालय टेकुमा पनि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरू समस्यामा परेको उजुरी लिएर थोरै संख्यामा मात्रै पुग्ने गर्छन्। श्रम कार्यालयमा उजुरी नपुगेसम्म यस क्षेत्रमा कार्यरत श्रमिकहरू समस्यामा परेको भन्ने जानकारी नहुने श्रम कार्यालयका एक अधिकारीले बताए। 

श्रम अदालतका सेस्तेदार जीवन भण्डारी पनि नेपाली श्रमिकहरू समस्यामा हुँदा पनि उजुरी गर्न अदालतसम्म नआउने बताउँछन्। 

‘नेपालमा श्रम शोषणमा पर्ने तथा न्यूनतम पारिश्रमिक नपाउने श्रमिकको भयावह अवस्था छ तर वास्तविक प्रभावित श्रमिक अदालतसम्म आइपुग्दैनन्’  भण्डारीले भने। 

(गोपनियताका लागि युवतीको नाम परिवर्तन  गरिएको छ। उनकै अनुरोधमा उनी कार्यरत रोधी घरको नाम खुलाइएको छैन। )

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्