पर्सा- पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका प्रदीपकुमार जयसवाल विजयी भएका छन्। उनले ३६५७ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निलराज गिरीले २६१४ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि संघीय समाजवादीकै फूलमतीदेवी थरुनी ३६७२ मतका साथ विजयी भइन्। उनकी प्रतिद्वन्दी एमालेकी केदार कुमारी विश्वकर्माले २८५१ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।