• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अमेरिकामा जिनथेरापीबाट क्यान्सर उपचार गर्न अनुमति

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १३:०८
1140x725

वासिङटन - अमेरिकाको एफडिए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन डिपार्टमेन्ट) ले जिनथेरापीबाट ल्युकेमिया (रक्त क्यान्सर) को उपचार गर्न अनुमति दिएको छ।
यो प्रविधिमा ल्युकेमियाका बिरामीको रोग प्रतिरोध प्रणालीको संरचना फेरबदल गरी क्यान्सरविरुद्ध आक्रामक बनाएर उपचार गरिन्छ। 

एफडिएद्वारा बुधबार जारी विज्ञप्तिमा क्यान्सरलगायत अन्य प्राणघातक रोगको उपचार जिनथेरापीबाट गर्न अनुमति दिने निर्णय ऐतिहासिक कोसेढुंगा भएको र अब औषधि उपचारले नयाँ युगमा प्रवेश गरेको उल्लेख छ। 

विज्ञप्तिअनुसार बालबालिका र युवाको बि–सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमियाको उपचार सिएआर–टी सेल थेरापीबाट गर्न स्विकृति दिइएको छ ।
अहिले यो उपचारका लागि नोभार्टिस कम्पनीले ४ लाख ७५ हजार अमेरिकी डलर शुल्क लिइरहेको छ । यो उपचार पद्धति क्यान्सरका परम्परागत उपचार पद्धति शल्यक्रिया, केमोथेरापी वा रेडियोथेरापी भन्दा फरक छ। 

किमरा एन्टिजेन रिसेप्टर–टी (सिएआर–टी) भनिने यो थेरापीमा बिरामीको रगतका सेतो रक्तकण झिकिन्छ र त्यसका टी सेलको वंशाणु संरचना परिवर्तन गरी क्यान्सरका टिस्यु वा सेल खोजेर नष्ट पार्न प्रोग्राम गरिन्छ । त्यसपछि ती सेता रक्तकणलाई फेरि बिरामीको शरीरमा हालिन्छ । शरीरमा प्रवेश गरेर क्यान्सर टिस्यु फेला पार्नासाथ ती सेता रक्तकणको संख्या वृद्धि हुन्छ र तिनले क्यान्सरका टिस्यु नष्ट पार्छन्।

तर यो प्रविधि अझै विकासको प्रारम्भिक चरणमा नै छ । रोग प्रतिरोध क्षमता वृद्धि गर्ने तरिका क्यान्सरको उपचारमा सर्वाधिक लोकप्रिय छ । विभिन्न औषधिले रोग प्रतिरोध क्षमता बढाएर क्यान्सरका टिस्यु नष्ट गर्न लगाउनु विश्वभर नै क्यान्सरको उपचारमा सर्वाधिक प्रयोग गरिन्छ। 

Ncell 2
Ncell 2

सामान्यतयाः ल्युकेमिया उपचारका परम्परागत केमोथेरापी, शल्यक्रिया र रेडिएसनले काम नगरेपछि मात्र किमरा वा सिएआर–टी उपचार प्रविधि प्रयोग गरिन्छ ।
चिल्ड्रेन्स हस्पिटल अफ फिलाडेल्फियामा सिएआर–टी प्रविधिबाट पहिलो बालकको उपचार गरेका चिकित्सक डा स्टिफन ग्रुपले नयाँ प्रविधि औधी उत्साहप्रद रहेको बताए । उनले भने, ‘हामीले ल्युकेमिया उपचारमा योजस्तो प्रभावकारी प्रविधि अर्को पाएका छैनौं ’ 

सिएआर–टि प्रविधिबाट उपचार गरिएका पहिलो बिरामी मर्न लागेका, तर उपचारपछि अहिले ५ वर्षसम्म पनि उनी क्यान्सरमुक्त नै रहेका छन् । सिएआर–टि प्रविधिबाट उपचार गरिएका ६३ जना बिरामीमध्ये ८३ प्रतिशत तीन महिनाभित्र पूर्णतया क्यान्सरमुक्त भएका थिए । त्यसपछि अहिलेसम्मको उनीहरूको स्वास्थ्य स्थितिबारे तथ्यांक संकलन भइरहेको छ ।

तर सिएआर–टि प्रविधि पनि जोखिमरहीत भने छैन । शरीरमा सिएआर–टि सेलको संख्या अत्यधिक वृद्धि हुँदा प्राण जानसक्ने साइटोकिन रिलिज सिन्ड्रोम देखिन सक्छ । तर यसलाई औषधिले नियन्त्रण गर्न सकिन्छ। 

विभिन्न रक्त क्यान्सरको उपचारमा भने सिएआर–टी प्रविधि सर्वाधिक प्रभावकारी देखिएको छ । तर यो प्रविधि फोक्सो वा छालाको क्यान्सर उपचारमा भने त्यति प्रभावकारी हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने बिहीबार, कात्तिक २०, २०८२
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्