सप्तरी– केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ। सप्तरीको रुपनी गाउँपालिकाले सोमबारदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गरेको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय सोमबारदेखि पुस ९ सम्मका लागि जाडोमा विद्यालय बन्द गर्न सबैलाई अपिल गरेका छन३।
यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाअन्तर्गत रहेको सामुदायिक विद्यालयसमेत पुस ७ गते अर्थात् सोमबारदेखि पुस ११ गतेसम्म पाँच दिनका लागि जाडो बिदा दिइएको छ । गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय पुस ७ गतेदेखि शुक्रबार ११ गतेसम्मका लागि जाडो बिदा दिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जनाएका छन्।
जिल्लाको राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले समेत मङ्गलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । राजविराज नगरपालिकाले पुस ६ गते आइतबारदेखि पुस ८ गते मङ्गलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।