• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राष्ट्रपतिज्यू, हात नलम्काइबक्सियोस्, आँखा नचम्काइबक्सियोस्

64x64
किशोर दहाल सोमबार, पुस ७, २०७६  १२:२७
1140x725

संविधानले राष्ट्रपतिको निश्चित दायरा तय गरेको छ। तर, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस दायरामा खुम्चिन अस्वीकार गरेका संकेतहरु देखिन थालेका छन्।

शनिबार उनले नेकपाका केही नेताहरुलाई सामूहिक रुपमा शीतल निवास बोलाएर छलफल गरिन्। राष्ट्रपतिलाई भेट्न पुगेका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकको सुरुवाती क्षण छुटाएका थिए।

पछिल्लो भेटको विशेष प्रयोजन खुलाइएको छैन। तर, राष्ट्रपतिले सरकारका विभिन्न काममा चासो राखेको भेटघाटमा संलग्न नेताहरुले प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति सरकारका काम कारबाहीलाई वैधानिकता दिलाउने संस्था मात्रै हुन्। सरकारका काम कारबाही तथा निर्णयहरुबारे उनलाई प्रधानमन्त्रीले नै ब्रिफिङ गर्छन्। त्यस अतिरिक्त राष्ट्रपतिले आफ्नो चासो वा सरोकार प्रधानमन्त्रीसँग औपचारिक ढंगले राख्ने प्रचलन छ। यसबाहेक सकारका काम कारबाहीप्रति राष्ट्रपतिको अतिरिक्त चासो वाञ्छनीय हुँदैन।

तर राष्ट्रपति के गरिरहेकी छिन्? उनी संविधानका परिकल्पनालाई प्रचलन बनाउन खोजिरहेकी छिन् वा आफ्नो शक्तिको अतिरिक्त लाभ लिन खोजिरहेकी छिन्? उदाहरणहरु निराशाजनक छन्।

राष्ट्रपति भण्डारीका आलोचित क्रियाकलापलाई दुई किसिमले छुट्याउन सकिन्छ। पहिलो, उनको पूर्व पार्टीभित्र गरिरहेको छद्म चलखेल। दोस्रो, संविधानको मूल मर्मबाहिर गएर गरिएका अन्य अभ्यास।

पार्टीभित्र निश्चित गुटलाई उनले भरथेग गर्नेदेखि अध्यक्षद्वयको असझदारी मिलाउनेसम्मको काममा उनी सक्रिय देखिएकी छिन्। भण्डारी तत्कालीन एमालेको नेता रहँदा पनि केपीशर्मा ओली गुटमा थिइन्। अहिले पनि उनको लगाव त्यही गुटतिर छ। प्रधानमन्त्री ओली बिरामी रहेको र सो गुटले नयाँ नेतृत्व खोजिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले स्थानपूर्ति गर्न खोजेको नेकपाकै नेताहरुले बताउने गरेका छन्। अर्कोतिर पार्टीमा रहेका आफ्नो समूहको उचित व्यवस्थापनका निम्ति उनले आफ्नो शक्ति खर्च गर्ने गरेकी छिन्। पछिल्लो समय उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउन उनले देखाइरहेको सक्रियताका विषयमा प्रशस्तै लेखिएका छन्।

संविधानको मूल मर्म विपरीत गएर उनले गरिरहेको अभ्यास झन् विवादित छ। त्यसमा मुख्यतः उनको हिन्दू राष्ट्रपति बन्ने प्रयास हो। धर्मनिरपेक्ष मुलुकमा सबै धर्मावलम्बीकी साझा राष्ट्रपति भएता पनि उनको व्यवहार त्यसअनुसारको छैन। उनी राष्ट्रपतिकै हैसियतमा विभिन्न मन्दिर तथा शक्तिपीठ धाएर निश्चित धर्मलाई प्राथमिकता दिने गरेकी छिन्। त्यस्तै विवादास्पद कार्यक्रम उद्घाटनदेखि विलासी जीवनशैलीसँग पनि जोडेर उनको आलोचना हुने गरेको छ। त्यस अतिरिक्त, विवादास्पद पूर्व प्रधानन्यायाधीशलाई घुँडा टेकाएर दसैंको टीका लगाएको, विधेयक रोकेको, 'मेरो सरकार' भनेको, सांसदहरुलाई ठाडो सम्बोधन गरेको, सेनाको जवानलाई चप्पल/जुत्ता बोकाएको जस्ता अनेकौं कामले उनी विवादित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विवादहरु केही उनको पृष्ठभूमिलाई जोडेर उठ्छन्, केही उनीप्रतिका अपेक्षाका कारण उठ्छन्, केही भने संविधानलाई कसी बनाएर उठ्छन्। पहिला दुई खालका विवादहरु कालान्तरमा मत्थर हुँदै जान्छन्। सुधार पनि हुन्छन्। भएका पनि छन्। तर, संवैधानिक सीमा कुल्चिने बानी लाग्यो भने त्योचाहिँ नजिरको रुपमा स्थापित हुन्छन् र राजनीतिलाई अप्ठ्यारो समयमा पिरोल्ने स्वभावका हुन्छन्। राष्ट्रपति भण्डारीबाट अहिलेको डर त्यही हो।

कुनै संकटको अवस्था देखिएको अवस्थामा राष्ट्रपतिले विभिन्न पार्टीका नेताहरु बोलाएर सामूहिक छलफल गर्नु स्वभाविक हो। दलहरु एकै ठाउँमा बसेर राष्ट्रिय संकटको निकास खोज्न नसकिरहेको अवस्थामा राष्ट्रपतिबाट संवादको पहल गराउनुलाई पनि अस्वभाविक मानिँदैन। तर, पछिल्लो पटक उनले सत्ताधारी पार्टीका निश्चित नेताहरुलाई आफू अनुकूल भेटघाट गरेकी छिन्। यो भेटलाई शक्तिको तलतल शान्त पार्ने प्रयास भन्दा अत्युक्ति हुँदैन। आफू पनि एउटा शक्ति हुँ र त्यही रुपमा बुझियोस् भन्ने उनले सन्देश दिन चाहेकी छिन्।

पछिल्लो भेटमा पूर्व एमालेका नेताका साथसाथै पूर्व माओवादीका नेताहरु समेत छन्। माओवादी त्यही पार्टी थियो, जसले तत्कालीन राष्ट्रपति रामवरण यादवको सक्रियताका कारण सरकार छाड्नुपरेको थियो। र, नागरिक सर्वोच्चता भन्दै मुलुकलाई लामो समय आन्दोलनमा होमेको थियो। आफू सुरक्षित हुनका लागि राष्ट्रपतिलाई संवैधानिक दायराभन्दा नजिक ल्याउँदा त्यसबाट उत्पन्न हुनसक्ने दुर्घटनाको जानकार पूर्व माओवादी नेताहरु हुनुपर्ने हो।

यद्यपि, राष्ट्रपतिलाई संवैधानिक थान्कोमा राख्ने दायित्व सबैको हो। कम्तीमा संविधान निर्माणकर्ता दलहरु एक ठाउँमा हुनुपर्छ। किनकि, कुन खालको शासकीय स्वरुप हाम्रा निम्ति उचित हुन्छ भनेर लामो विमर्शपछि निष्कर्षमा पुगिएको हो। त्यसैले अहिलेको स्वरुपलाई बलियो बनाउनु र संवैधानिक मर्म जोगाउनु सबैको प्राथमिकता हुनुपर्छ। अहिले सरकारको नेतृत्व गरिरहेको तत्कालीन एमाले नेतृत्वले र प्रतिपक्षमा रहेको कांग्रेस दुवैले चाहेको राष्ट्रपति आलंकारिक नै थियो। उनीहरुकै कारण संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नलेखिएको विगत खासै पुरानो होइन। आफ्नो जोडबलमा कायम भएको शासकीय स्वरुपको सुन्दरता कायम राख्नका लागि उनीहरु थप सचेत बन्नुपर्छ।

कार्यकारी राष्ट्रपति सबैको चाहना हो भने संविधान संशोधनमार्फत अघि बढ्नु एउटा विकल्प हुनसक्छ। तर, अहिलेकै संवैधानिक प्रावधानलाई किल्चेर शक्तिको आडमा शीतल निवासले गर्मी सिर्जना गर्न खोज्नु अस्वीकार्य छ।

सबै दल र तिनका नेताले बुझ्नुपर्ने साझा कुरा छन्। आफू निकटको व्यक्ति नै राष्ट्रपति भएकाले वा आफूलाई फाइदा पुगिरहेकै छ भन्ने मानसिकताले राष्ट्रपतिलाई संवैधानिक गोरेटो नदेखाउने हो भने त्यसले दुर्घटना निम्तिन्छ। लामो समयपछि आएको भनिएको स्थिरतालाई अस्थिरतामा अनुवाद गराउने कारण बन्न सक्छ। जुन स्थिति कलिलो लोकतन्त्र र संविधानका दुवैका लागि शुभसंकेत होइन।

राष्ट्रपतिले पनि बुझ्नुपर्छ कि उनका लागि केही दायरा छन्। उनी ती दायरा स्वीकार गरेरै राष्ट्रपति पदका लागि उम्मेदवार भएकी हुन्। हिजोको पार्टी र गुटप्रतिको मोह त्याग्न सक्दा नै उनले आफ्नो पदप्रति न्याय गरेको ठहरिन्छ। संविधानको सम्मान गरेको ठहरिन्छ। आवश्यकता पनि त्यही नै हो। सहज समयमा पनि अतिरिक्त बोझ र दायित्वबोध लिन खोज्ने आलकांरिक पदासीनहरुको नियती खासै सुखद भएको विगत छैन। सुनिने राष्ट्रपति नै बढी सुरक्षित हुन्छ, देखिने भन्दा।

अन्तिममा राष्ट्रपति भण्डारीका पति मदन भण्डारीको एउटा हुँकार यहाँ सम्झिनु उचित नै होला, जुन उनका निम्ति सान्दर्भिक हुनसक्छ- 'राजा मान सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्सियोस्, महाराज। हात नलम्काइबक्सियोस्, आँखा नचम्काइबक्सियोस्। आफ्ना सन्ड मुसन्डहरुलाई नचलाइबक्सियोस्। यदि सन्ड मुसन्डहरुलाई नै चलाउने हो भने, अगाडि लिएर आउने हो भने महाराजले नि श्रीपेच उतारेर, सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्‍यो।'

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्