झापा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको भौगोलिक अखण्डता असंशोधनीय भएको बताएका छन्। झापाको भद्रपुर–५ स्थित ‘मेची रिभर साइड बिच भलिबल’ प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन गर्दै नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन, भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।’
कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषयमा कांग्रेसले भारतसँग उच्चस्तरमा राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गर्न सरकारलाई दबाब दिइरहेको उनले बताए। दुई देशबीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई काँग्रेसले सुझाव दिइसकेको नेता सिटौलाले जानकारी दिए।
कार्यक्रममा भद्रपुर नगर क्षेत्रका दुई अग्रज पत्रकारलाई सम्मानसमेत गरिएको छ। पत्रकार गोपाल गिरी र स्वाधीन संवाद साप्ताहिकका सम्पादक तथा रेडियो भिजनका कार्यक्रम संयोजक माधव विद्रोहीलाई नगदसहित सम्मान गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।