जनकपुर– धनुषामा कार्यरत नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत प्रहरी नायब निरीक्षक कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको हो।
दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरचौकबाट शुक्रबार साँझ रंगेहात पक्राउ गरेको हो।
सई पंजियारलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।