• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विवादै-विवादमा जेलिए स्थानीय तह 

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  ०६:०१
1140x725

राजविराज– २० वर्षसम्म कर्मचारीको भरमा चलेका स्थानीय तहले ०७४ मा जनप्रतिनिधि पाए। नागरिकमा खुसीको माहौल बन्यो। भोट र हारजितभन्दा पनि जनता खुसी हुने प्रमुख कारण थियो, ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्दै नेताहरूले लगाएको नारा।

सिंहदरबार नै गाउँमा आउने भएपछि विकासको मूल फुट्ने भन्दै नेताहरूले आश्वासन बाँडे। तर, निर्वाचनको दुई वर्ष नपुग्दै जनताको आशा निराशामा परिणत हुन थालेको छ। जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न सकेका छैनन्। विकासको मुल फुटाउने वाचा गरेका जनप्रतिनिधिमाथि व्यक्तिगत स्वार्थमा लागेको र आर्थिक लाभमा केन्द्रित भएको आरोप लाग्नु सामान्यजस्तै भएको छ।

कतै प्रमुख–उपप्रमुखको झगडाले स्थानीय तहका गतिविधि प्रभावित भईरहेका छन् भने कतै सिङ्गो कार्यपालिका भ्रष्टाचारको आरोप खेपिरहेका छन्। जनप्रतिनिधि र स्थानीय तहविरुद्ध अख्तियार तथा जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्ने क्रम बढेको छ। यतिमात्र होईन कतिपय जनप्रतिनिधि तस्करी र बलात्कार उद्योगजस्ता जघन्य अपराधमा संलग्न भएको आरोप लाग्न थालेपछि मतदाता लज्जित हुनुपर्ने अवस्था आएको छ। वन पैदावार तस्करीको आरोपमा सप्तकोशी नगरपालिका १ का वडाध्यक्ष नारायण आचार्यविरुद्ध पक्राउपुर्जी जारी भएको छ भने शम्भुनाथ नगरपालिका १२ का वडाअध्यक्ष लक्ष्मी साह बलात्कार उद्योगको आरोपमा पक्राउ परे।    अन्य केही जनप्रतिनिधिविरुद्ध पनि पक्राउपुर्जी जारी भएको छ। 

कतिपय स्थानीय तहमा जनप्रतिनिधिविरुद्ध जनताले आन्दोलन नै छेडेका छन्। सप्तरीको डाकनेश्वरी नगरपालिका कार्यालयमा गत आर्थिक वर्षको हरहिसाब सार्वजनिक गर्न माग गर्दै स्थानीय युवाहरूले प्रदर्शन गरिरहेका छन्। मंसिर २९ गतेदेखि नै नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। मेयर शिवनारायण साह र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता गरिएको स्थानीय युवाहरूको आरोप छ।

राजविराज नगरपालिका–६ का सम्पूर्ण वडा सदस्यहरूले वडाध्यक्ष प्रेम यादवविरुद्ध विद्रोह गरेका छन्। अध्यक्ष यादवले निर्वाचित भएपछि वडामा आएको सम्पूर्ण रकम आफूखुसी खर्च गरेको र पदीय दुरुपयोग गरी पत्नि बेबीकुमारी दासलाई जागिरमा लगाएको उनीहरूले आरोप लगाएका छन्।

वडा सदस्यहरू राजकुमार चौधरी, बद्रीनारायण यादव, गंगीयादेवी साफी र चनादेवी सदाले बुधबार  प्रेस विज्ञप्ति जारी वडाध्यक्षको विरोध गरेका हुन्। नगरपालिका कार्यालयमार्फत् आव ०७४÷०७५ मा ३७ लाख ५० हजार, आव ०७५÷०७६ मा ४१ लाख ५० हजार र ०७६÷०७७ मा ५१ लाख रुपैयाँ प्राप्त भएको छ’ सदस्य चौधरीले भने, ‘त्यो पैसा कहाँ खर्च भयो भन्ने हामी कसैलाई जानकारी छैन।’

यसैगरी, अनमी पढ्दै गरेकी आफनै पत्नि दासलाई स्थानीय सहरी स्वास्थ्य केन्द्रमा विज्ञापन नै नगरी विना प्रतिस्पर्धा भ्याक्सिनेटरको जागिरमा लगाएको र घरमै राखेर तलबभत्ता खुवाईरहेको चौधरीले बताए। ‘जागिरमा लगाउनुसम्म पनि ठिकै हो, तर घरमा राखेर तलव खुवाउन मिल्छ ?’ उनले प्रश्न गरे– ‘कार्यालयमा सिसि क्यामरा लागेको छ। फुटेज चेक गर्दा हुन्छ, नियुक्ति भएको मिति (२०७५ साउन १ गते) देखि कार्यालयमा गएर काम गरेको हामीले जानकारी पाएका छैनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, राजगढ गाउँपालिकाका तीन वडाध्यक्षले कार्यपालिकालाई १४ वुँदे ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा वोधार्थ दिईएको ज्ञापनपत्रमा अध्यक्षले पार्टीगत र गुटगत रुपमा व्यवहार गरेको आरोप लगाईएको छ।

जिल्लाको शम्भुनाथ नगरपालिका बुधवार र बिहीबार ठप्प भयो। वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साहलाई प्रहरीले पक्राउ गरेपछि जनप्रतिनिधिकै अगुवाईमा नगरपालिका र मातहतका कार्यालयको कामकाज बन्द गरियो। आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले साहमाथि उजुरी दर्ता गराएकी थिईन्। मंसिर २२ गते नै वडाध्यक्ष साह, अनिल राय र मो. नसिम पक्राउ परे। उनीहरूको रिहाईका लागि दबाब दिन नगरपालिका मातहतको कामकाज बन्दको घोषणा गरियो। जिल्ला अदालत राजविराजले तीनै जनालाई बिहीबार साँझ जनही १५ हजार धरौटीमा रिहा गरेको छ।

यसअघि कात्तिक २९ गते तिलाठी कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै उपाध्यक्ष सुचिताकुमारी यादवकै नेतृत्वमा विरोध सभा सम्पन्न भयो। 
भ्रष्टाचारको ढाकछोप गर्न गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत राजिव झाको सरुवामा चलखेल गरेको उनको आरोप थियो। सोही विषयले उग्र रुप लिएपछि दुवै पक्षले पत्रकार सम्मेलन गरेर एकआपसमा दोषारोपण गरे। अध्यक्ष र उपाध्यक्षबीचको तनाव हालसम्म पनि साम्य भएको छैन।

 गाउँपालिकालाई अख्तियार दुरुपयोग अनुसनधान आयोगले समेत पत्र काटेको छ। आव ०७५/०७६ को असार मसान्तमा गाउँपालिकाबाट पारितसमेत नगरी करिब ४ करोडको योजना सञ्चालन गरेको विषयमा सत्यतथ्य विवरण पठाउन तथा योजनाको सम्झौतादेखि अन्तिम भुक्तानीसम्मका कागजात उपलब्ध गराउन कात्तिक १५ गते पत्राचार गरिएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सप्तरीमा ९ नगरपालिकासहित १८ वटा स्थानीय तह छन्। अधिकांश स्थानीय तहमा कुनै न कुनै विषयको विवाद छ। विवादकै कारण कतिपय स्थानीय तहले हालसम्म पनि नगर÷गाउँसभा सम्पन्न गर्न सकेका छैनन्। आन्तरिक विवाद, गाउँसभामा अड्चन तथा गत वर्षको लेखपरीक्षण गर्न नसकेका कारण राजगढ, छिन्नमस्ता, महादेवा र तिलाठी–कोईलाडी गाउँपालिका तथा हनुमाननगर–कंकालिनी नगरपालिकाले साउन २५ भित्र लिई सक्नुपर्ने पहिलो किस्ताको रकम मंसिर बितिसक्दा पनि लिन सकेका छैनन्। 

यसैगरी, पहिलो चौमासिकको स्रेस्ता वुझाउन नसकेका बलान विहुल र तिरहुत गाउँपालिका तथा खडक र शम्भुनाथ नगरपालिकाले दोस्रो किस्ताको बजेट माग गर्नैै नआएको कोष तथा लेखा नियन्त्रक पूर्णराज कार्कीले जानकारी दिए। स्थानीय तहले बजेट नै माग गर्न नसकेपछि सर्वसाधारण भने चिन्तित छन्।
 

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण
हुम्लामा चार करोड खसीको व्यापार
सम्बन्धित सामग्री
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्