काठमाडौं– प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। बैठकको पहिलो दिन शोक प्रस्ताव पारित गरि स्थगित गरिएको छ।
बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीमण्डल हेरफेरको जानकारी गराएकी थिइन्।
पहिलो बैठकले पूर्व सांसद हरि बैरागी दाहाल,कमलाकुमारी घिमिरे,रामलखन महतो र रामेश्वर ढुंगेलको निधनमा शोकप्रस्ताव पारित गरेको छ।
संसदको अर्को बैठक पुष ११ मा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।