काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि पत्नी सीता दाहालको आयुर्वेदिक उपचार सुरु गरिएको छ। उपचारका लागि उनलाई हरिद्वार लगिएको छ।
आयुर्वेदिक ऊपचारका लागि हरिद्वारस्थित पतन्जली योगपीठमा लगिएको छोरी गंगा दाहालले जानकारी गराएकी छन्। दाहालको उपचारका लागि नेकपा नेता मातृका यादव पनि हरिद्वार पुगेका छन्।
दाहालको यसअघि अमेरिका र सिंगापुरमा उपचार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।