• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बाल्यस्मृति : दाँत महात्म्य

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  ०६:५०
1140x725

म बच्चैदेखि चक्लेटको सौखिन। मौका मिल्यो कि पसलको चक्लेट चोरेर खाइहाल्ने। अर्काको पसलको हैन नि आफ्नै पसल को। हाम्रो एउटा किराना पसल थियो। अहिले पनि छ। म विद्यालयबाट पर्केपछि र विदाका बेला पसलमा बसेर वुवालाई सघाउने गर्थेँ। हुन त मेरो आफ्नै दाउ पनि त थियो। यति सम्म कि ‘प्लाष्टिकमा बेरेको एउटा कुरौनी चक्लेट पाइन्थ्यो’ त्यो चक्लेट १०० पिसको प्याकेट छ भने आधा जति आफैंले खाने अनि आधा मात्र बेच्ने।

तर रमाइलो कुरा चक्लेटको खोल जहिले नि खाट मुनि फाल्दिने अनि आमाले कोठा सफा गर्नुहुँदा जहिले भेट्नुहुने र मैले गाली खाने। त्यो कहिल्यै बदलिएन। चलि नै रह्ययो। त्यसको पनि छुट्टै मजा। बुवाले मलाई पिट्नुहुन्छ भनेर होला सायद आमाले चक्लेटको कुरा कहिल्यै पनि बुवालाई सुनाउनुभएन।

बुवाबाट त बचियो तर दाँतभित्र भित्र ‘क्याभिटी’ को सिकार भइरहेको रहेछ।

चक्लेटको स्वाद जति मीठो थियो त्यत्तिकै नमिठो दाँतको दुखाइ। दाँत दुख्ने क्रम बढेर गयो। कुनै कुनै दिन त रातभर रोएर बस्थे दाँत दुखेर। ‘ब्रोफिन’ नाम गरेको औषधि कति खाइयो खाइयो त्यसको लेखा जोखै छैन। केहीबेर निको भए जस्तो हुने तर फेरि सुरु भइहाल्ने।

‘ल्वाङको तेल’ लगाइएन कि ‘सञ्चो’ दलिएन। जे जे सम्भव हुन्थ्यो सबै गरियो। तर केही सिप लागेन।

त्यसपछि गाउँले, चिनेजानेका र आफन्तको अनुभवको आधारमा दाँतमा लागेको किरा झार्ने निर्णयमा पुगियो। मेरो पीडा देखेर होला बुवाले यता उता दाँतको किरा झार्ने उपाय खोज्न थाल्नुभयो।

अनि सुरु भयो मेरो दाँतको किरा झारेर मलाई दाँतको दुखाइबाट मुक्ति दिने यात्रा।

मुखभरि तोरीको तेल लिएर चौरको तीन फन्को
हामी नजिकैको विद्यालय सँगैको फुटबल खेल्ने चौरको पश्चिम पट्टिको एउटा घरमा पुग्यौं। धेरै मान्छेका दाँतको किरा झारिदिएका ‘अनुभव’ छ उनीसँग भन्दै वुवाले ‘रवाफ’ साथ सुनाउनुभयो। मैले पत्याएँ। म कक्षा ७ मा  पढ्दै थिएँ त्यतिबेला।

Ncell 2
Ncell 2
nimb
nimb

नपत्याउने अरु कुनै कारण पनि त थिएन, न त विकल्प नै। निको भइहाले रातभर रोएर बस्न पर्दैन कि भन्ने आशा थियो। अहिले सम्झँदा लाज लागेर आउँछ।

हामीले ती वैद्य बालाई घरमै भेट्यौं। बुवाले सबै बेलिविस्तार लगाउनुभयो।

ती बा भित्र छिरे र एउटा कचौरामा तोरीको तेल लिएर आए। र हामीलाई चौरतिर जाऔं भनेर लिएर गए।

तोरीको तेललाई हेरेर यता उता देखाउदै के के मन्त्र पढे। अनि मेरो मुख खोल्न लगाएर मुखभरि तेल हालिदिए।

Xtrem

Xtrem

नियम कडा थियो। तेल न निल्न मिल्ने न ओकल्न नै। निले या ओकले त्यसले काम नगर्ने डर देखाए। मैले हुन्छ भनेर टाउको हल्लाएँ।

अर्को नियम न रोकिकन फुटबल चौर ३ पटक सम्म दौडिन पर्ने थियो।

मनमा ह्या यसरी नि दाँतको किरा मर्छ र भन्ने शंका लागिरह्यो। तर शंका सँगै आशा पनि त थियो। फ्याट्टसँग दाँतका किरा बरररर झरे भने त भइगयो नि भन्ने लाग्यो।

दौड पूरा गरेँ ती बाले भने जस्तै गरेर। म हस्याङफस्याङ गर्दै दौडेर आएँ। त्यो तेल चाँहि मन्त्र पढेर चौरमै ओकल्न लगाए। तर दाँतबाट किरा झरेन।

'ल अहिले किरा झरेन तर मैले मन्त्र पढ्दिएको छु। पछि कुनै बेला झर्ला अहिलेलाई घर जानु अब सब ठिक हुन्छ' भनेर घर पठाए।

कुनबेला झर्ने हो किरा भनेर आफूलाई कौतुहल लागिरह्यो। घण्टा दिन गर्दै हप्ता बित्यो तर किरा झरेन। अनि दाँतको दुखाइ उस्तै।

नजिकैका एकजना अंकलले अर्को उपाय सुझाए। फुकेर निको पार्ने।

फुकेर निको पार्ने
त्यतिबेला गाउँमा एकजना घाघा नाम गरेका सामान्य धामी थिए। छिमेकी अंकलको सुझावमा बुवाले उनलाई बोलाएर ल्याए। उनले दुईओटा कुखुराको अण्डा र अलिकति चामल मगाए। आमाले फटाफट ल्याइदिनुभयो। मलाई उनको अगाडि राखियो।

अनि ती घाघा दाजुले सुरु गरे आफ्ना मन्त्र। केही बुझे त मार्दिनु। घरि सत्तेसुरे भागलुपुरे भन्ने घरि हे डंकिनि पिचासिनि, के के हो के के। मनमा विश्वास त थिएन तर आश भने मरेको थिएन। यसको पनि केही न केही चक्कर होला भन्ने लाग्यो।

यिनले मन्त्र पढ्दा पढ्दै खोई के गरे? अण्डामा प्याट्ट आवाज आयो र अण्डाको भित्री पहेँलो भागमा चोट लागेको देखाए। अनि यो दाँत मा कसैको आँखा लागेको कुरा बताए। सामान्य भाषामा बोक्सीको संकेत गरे।

र उनले अण्डाको माध्यमबाट उनको शक्तिलाई नष्ट गर्देको र अब दाँत निको हुने कुरो गरे।अनि आफ्नो पारिश्रमिक बोकेर नजिकैको भट्टितिर छिरे।

अब त केही होला भनेको केही भएन। विशेषगरी राति सुत्ने बेलामा धेरै नै दु:ख दिन्थ्यो दाँतले। रुवामा राखी राखी ल्वाङको तेल कति हालियो हालियो दाँतमा। तर मरे ठीक भएन।

त्यही बीचमा मंगलबारे बजारमा सामान बेच्न सप्तरीबाट आइपुगेका एक जना व्यापारीले बुवासँग मेरो दाँतको हाल सुने पछि, सप्तरी बदगम्मामा दुवोको मद्दतले दाँतको किरा झार्ने मान्छे रहेको जानकारी गराए। ती मान्छेले उनले चिनेका धेरै मान्छेको दाँतको किरा झारेको अनुभव साटे। बुवालाई पनि ल ठीकै छ एक चोटी गरौं न त भन्ने भयो।

उहाँले मलाई हाम्रो मुलघर सप्तरीको बदगम्मा जाने कुरो गर्नुभयो।

त्यतिबेलासम्म ठूलो अस्पताल जाने भन्ने भएन। नजिकैको क्लिनिकले औषधि दिन्थ्यो दुखाइ कम गर्ने। खायो पछि उस्तै। अझ भनौं केही क्लिनिकवालाले नै दाँतको किरा झार्ने उपाय सुझाएका थिए। ल यो पनि गरम भनेर सप्तरीतिर लागियो। त्यतिबेला बदगम्मा पुग्नलाई २ घण्टा जंगलको बाटो हिँडेर फत्तेपुर पुगेर बस पाइन्थ्यो। सोही अनुसार बदगम्मा पुगियो।

दुवोले दाँतको किरा निकाल्दा
हामी बदगम्मा पुग्नुअघि नै खबर फैलिसकेको थियो मेरो मूल घरमा। ठूलो वुवा ठूली आमा सबैले ती मान्छेलाई चिन्दा रैछन। र उनीहरूसँग पनि दाँतको किरा झार्दिएको थुप्रै कथा रहेछन्। भोलिपल्ट बिहानै खाली पेटमा ती ‘दाँतको किरा झार्ने’ मान्छेको घरमा पुगियो।

उनले म र बुवालाई बसाए। अनि आफू बारीतिर दुबो खोज्न गए। झण्डै आधा घण्टा कुरेपछि उनी फर्किए। अनि मलाई घरपछाडि लिएर गए। र दुबोले मुखमा छुवाउँदै मैथिली भाषाका मन्त्र पढ्न थाले। मन्त्र के थियो भन्ने थाहा पाउने कुरै भएन।

अनि केही बेरपछि एउटा दुबो दाँत दुखेको भागमा छुवाएर बाहिर निकाल्दा त ठूलै सेतो रङ्गको किरा निकाले। म त छक्क परेँ। बुवा पनि छक्क पर्नुभयो। यति ठुलो किरा रहेछ दाँतमा। कसरी सम्भव भयो भन्ने लागिरह्यो। उनले पूरा गर्वका सात यही किराको कारणले तपाईंको छोराको दाँत दुखेको हो त्यसैले अब दुख्दैन भनेर बुवालाई सुनाए। आफ्नो पारश्रमिक लिए र हामीलाई घरतिर पठाए।

मलाई बाटैभरि त्यो किरा झल्झलि आँखाभरि आइरह्यो। घिन पनि लाग्यो। त्यत्रो ठूलो किरा दाँतमा कसरी लुकेर बसेको थियो। सधैं ब्रस गर्दा पनि न झर्ने।

अझै कति किरा होलान् त दाँत भरी भनेर डर लाग्यो। केही दिनसम्म त खानै रुचेन। किरा सम्झिएर।

तर मेरो दाँत पो हो त यो पनि कहाँ कम थियो र। फेरि दुखाइ उस्तै। रात पर्यो कि दुख्न सुरु भइहाल्ने।

मैले पटक पटक दाँत देखाउन राम्रो डाक्टरको मा जाम भने तर बुवाले डाक्टरले के गर्छ। केहि गर्दैन। दाँत उखलेर फालिदिन्छ अनि मासु कसरी खान्छस् भनेर गाली गर्न थाले।

गाउँ न हो उपाय दिने मान्छे पनि कति कति।

हाम्रो घर अगाडिकै एक जना भाउजुले नयाँ फण्डा ल्याउनुभयो। खोलाको किनारमा फल्ने एउटा फल। नाम ठ्याक्कै बिर्सिएँ अहिले।

फल फलाफल 
त्यो फल ल्याएर त्यसलाई आगोमा हालेर धुँवा मुख आँ गरेर मुखभित्र पार्ने। त्यसको धुवाँको असरले किरा बररररर झर्छ। अनि दाँत पनि निको हुन्छ। उहाँले फलानाको छोरालाई पनि निको भयो, फलानीकी छोरीलाई पनि यसैगरी किरा झर्यो भनेर अनेक उदाहरण पेस गरिन्।

यति सब त गरियो अब यो पनि गर्दिम् न त भन्ने भयो। वाक्क दिक्क भइसक्नु भएको बुवालाई पनि केही लजिक देखियो सायद। वहाँले त्यो फल टिपेर ल्याउनुभयो। त्यो खाँदा विषालु हुन्छ भनेर गाउँका मान्छेले भनेको चाँहि सुनेको थिएँ। त्यसलाई आगोमा हालियो र म मुडामा बसेर धुवाँ आएकोतिर मुख आँ गरेर बसे। अलि अलि गर्दै धुवाँ मुखभित्र पस्दै गयो। मेरो मन अटस पटस भयो। के गरौं गरौं भयो। अनुहार ज्यू भरि पसिना आयो। नझरेसम्म रोक्न हुन्न भनेर ती भाउजुले भनेको भनै गरिन्। तर किरा झर्ने नामै लिँदैन।

अत्ति भएसी मैले टाउको उठाए र यस्तो वाहियात चिज गर्ने भनेर धुवाँलाई पन्छाएँ।

ती भाउजू बर्बराइरहेको थिइन्, 'अझै केही समय गरेको भए पक्का किरा झर्थ्यो।' आफूलाई चाँही अझै केहिबेर राखेको भए, किरा त थाहा छैन मान्छे नै रहन्थिए कि रहदिन थिएँ भन्ने नै थिएन।

केही सिप नलागेर पारी भारतको वीरपूर भन्ने ठाउँमा गएर दाँतको डाक्टरलाई भेट्ने कुरा भयो।

डाक्टरी उपचार
हामी डाक्टरकोमा पुग्यौं। बुवाले डाक्टरलाई हामीले गरेका प्रयासबारे इतिवृतान्त लगाउनुभयो। ती डाक्टर पनि खित्का छोडेर हाँसे। अनि त्यसको उपचार भनेको त्यो दाँतलाई फाल्नु नै हो भनेर सुझाए। झण्डै ३-४ वटा दाँत किराले खाएर ‘अलि अलि मात्रै बाँकी थियो। डाक्टरले दुईटा दाँत निकाल्ने सुझाव दिए। बुवाले मान्नुभयो।

आफूलाई भने डर लागिराकोथ्यो। नर्सले भित्र बोलाइन् र दाँतमा नदुख्ने एउटा सुई लगाइदिइन्। दाँतको मासु केही मरे जस्तो भयो। अब आयो पालो डाक्टरको । दाँत नहिल्लिएकाले त्यसलाई नफुटाइ निकाल्न नमिल्ने भयो। सानो सानो मार्तल जस्तो ल्याएर हान्न थाले। दाँत दुखेको भन्दा त्यो मार्तलले निकालेको आवाजले मन तर्सायो। र दुखेजस्तो भएर आयो। तर केही समय पछि सञ्चो भयो।

विस्तारै गुलियो खाने बानी बढ्दै गयो र अरु दाँतहरुला पनि किराले खायो। अहिले पनि बेलाबखत दाँत दुखिरहन्छ। म अस्पताल पुग्छु अहिले। तर पहिलाका कुरालाई सम्झेर हाँस पनि उठ्छ लाज पनि लाग्छ। म कसरी मुखभरि तेल बोकेर त्यत्रो ठूलो फुटबल चौरीमा दगुरेँ होला। सम्झिँदै लाज लाग्ने।

कसरी दुवोबाट किरा निकालेको कुरा पत्याएँ होला ? म किन त्यो बिषालु ‘भनिने’ फलको धुँवाबाट दाँतको किरा झर्छ भन्दा कसरी पत्याएर त्यस्तो गरेँ होला। सम्झदैं अचम्म लाग्छ।

अरु त अरु ती उपाय दिने मान्छेसँग कसरी यस्तो उपाय आयो होला भन्ने लाग्छ। अनि ती मान्छेसँग कति धेरै बिरामी निको भयो उदाहरणहरू  कसरी भन्छन्?

अन्योलमै छु। यत्ति हो मैले बुझेको धामी झाँक्री जडिबुटी हुँदै गर्छ दाँतचाहिँ डाक्टरको मा नगएसम्म निको हुँदैन।
०००

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्