• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उद्यमशील महिला मेला: आयोजक ‘कमाउधन्दा’ मा लाग्दा व्यापारीको बिचल्ली  

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  २०:१२
1140x725

इटहरी-  अहिले सुनसरीको इटहरीमा दोस्रो राष्ट्रिय उद्यमशील महिला मेलामा चलिरहेको छ, जहाँ पश्चिम जुम्लादेखि पूर्वको इलामसम्मका उत्पादन बिक्रीका लागि राखिएको छ। त्यही लहरमा छिन् जुम्लाकी गंगादेवी राउत। उनले मार्सी चामल, तिते फापरको पिठो, सिमीको दाल, जौको सातुदेखि स्याउका प्याकेट लहरै मिलाएर राखेकी छिन् । 

संखुवासभाका नरेन्द्र राईले घरेलु उद्योगबाटै उत्पादित कपडा लिएर आएका छन्।  तेह्रथुम ढाका उद्योगका कमल राईले ढाकाका कपडाको स्टल राखेका छन्। काठमाडौंकी बिष्णुकुमारी पौडेलले हातबाट बनेका सजावटका सामग्री ल्याएर सजाएकी छिन् । त्यस्तै झापाकी सम्झना ढाका उद्योगकी सञ्चालिका तिला लिम्बु पनि त्यहीँ छिन्। 

यस्तै १ सय वटा पसलका स्टल मेलामा छन्। तर सबैको समान समस्या छ । मंसीर २८ गते उद्घाटन भएदेखि नै व्यापार नभएकाले उनीहरु चिन्तित छन्। ५ दिन बितिसक्दा समेत आफूहरुले खासै कारोबार गर्न नसकेको उनीहरु बताउँछन् । ग्राहकको उपस्थिति नै न्युन भएकाले कारोबार हुन नसकेको उनीहरुको भनाइ छ । ग्राहक आउने समयमा प्रवेश शुल्क लिने र बजारमा ग्राहकका लागि सूचना पु¥याउन नसकेका कारण व्यापार हुन नसकेको उनीहरुको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

इटहरीमा ठूलै व्यापार हुन्छ भन्ने सुनेर आएकी जुम्लाकी गंगादेवी चाँडै मेला समाप्त भए हुन्थ्यो भन्ने सोचमा छिन् । अहिलेसम्म आउने जाने खर्च बराबरको पनि व्यापार नभएको उनी सुनाउँछिन् । राधाकृष्ण सप्लायर्सका प्रोपाइटर नगेन्द्र फुयालको पनि अवस्था उस्तै छ। ग्राहकको चहलपहल नभएपछि व्यापार शुन्य भएको उनी बताउँछन् । साँझमा मान्छे आउने बेला सांस्कृतिक कार्यक्रमका लागि भनेर प्रवेश शुल्क उठाउँदा आएका मानिस पनि फर्कने गरेको उनको बुझाइ छ। 

नेपाल उद्यमशील महिला संघद्वारा आयोजित मेला पुस ६ गतेसम्म चल्ने जनाइएको छ । तर उता व्यापारीहरु भने आजभोलि नै बन्द भइदिए हुने बताउँछन् । मेलामा नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मेलाको सहआयोजक छन्। नेपाल सरकारको ७ लाख ५० हजार र प्रदेश सरकारको सोही बराबरको सहयोगमा मेला आयोजना गरिएको हो । त्यसका अलावा स्थानीय व्यापारीबाट पनि आर्थिक संकलन गरिएको छ।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


सरकारको लगानीमा आयोजित मेलामा सयवटा स्टलबाट प्रति स्टल ५ हजारका दरले रकम उठाइएको छ । जसबाट ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । तर आयोजकले न्युनतम खानेपानी र ट्वाइलेटको समेत राम्रो व्यवस्थापन गर्न सकेका छैनन् । यसले गर्दा व्यापारी निराश छन् । 
संघको केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन पक्ष फितलो देखिँदा सरकारको लगानी डुबेको छ । टाढाबाट आएका उद्यमी मेलाप्रति रुष्ट देखिएका छन्।

सरकारी तथा निजी उद्यमीको लगानी समस्यामा परे पनि आयोजक संस्था भने मालामाल देखिएका छन्। १ सय रुपैयाँ प्रवेश शुल्क र पार्र्किङ शुल्क बाट पनि अतिरिक्त आम्दानी भइरहेको छ । उता संघकी महासचिव राधा कार्कीले महिला उद्यमीलाई प्रोत्साहन दिने उद्येश्यले कार्यक्रम आयोजना गरिएको बताईन् । यसअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेला दोस्रो पटक इटहरीमा लागेको हो । नेपाली कला र उत्पादन विदेश निर्यात गर्ने उद्येश्यले मेला आयोजना गरिएको उनको भनाइ छ ।  
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादमार्फत नेपालले उक्त सहायता सुनिश्चित गरेको हो। मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्