बार्सिलोना– यही सिजन बार्सिलोनामा आबद्ध भएका युवा फरवार्ड ओस्मान डेम्बेलेसँग सार्वजनिक गरिएको भन्दा बढी रकममा सम्झौता भएको खुलासा भएको छ।
२० वर्षीय डेम्बेले १० करोड ५० लाख युरोमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बार्सिलोनामा आवद्ध भएको सार्वजनिक गरिएको थियो। तर उनको वार्षिक आम्दानी र बोनसको विषयमा खुलाइएको थिएन।
जर्मन पत्रिका स्पेइगेलका अनुसार डर्टमुन्डबाट बार्सिलोनामा आबद्ध हुँदा वार्षिक ५ गुणा बढी आम्दानी गर्दैछन्। डेम्बेलेले वार्षिक १ करोड २० लाख युरो कमाउनेछन्। डर्टमुन्डमा रहँदा उनले वार्षिक २४ लाख युरो मात्र कमाइ गर्थे।
डेम्बेलेको सम्झौता रकम १० करोड ५० लाख युरो बताइए पनि उनलाई थप ४ करोड युरो दिने सहमति भएको थियो। यस्तै उनले प्रत्येक २५ खेल पूरा गरेपछि थप ५० लाख युरो पाउनेछन्।
तर डेम्बेले सिजनको सुरुवातमै घाइत भए। डेम्बेले गत साता गेटाफेविरुद्ध खेलमा घाइते भएका थिए। हामस्ट्रिङ समस्याबाट ग्रसित डेम्बेले साढे ३ महिना मैदानबाहिरै रहनेछन्।
यो पनि पढ्नुहोस् – बार्सिलोनाको किन उडाइँदैछ मजाक ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।