काठमाडौं- नेपालमै पहिलोपटक बोलकबोल प्रकृयामार्फत् एनसेललाई फ्रिक्वेन्सी दिइएको विषयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘हावाबाट ९० करोड आएको’ भन्दै प्रतिक्रिया दिएका छन्।
मन्त्रिपरिषद बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाको यस्तो भनाइ आएको हो।
बुधबार नेपाल दूरसंचार प्राधिकरणले बोलकबोल प्रकृयामार्फत् फ्रिक्वेन्सी वितरण गरेको विषयमा अख्तियारले छानबिन गर्ने जनाएको छ। त्यस्तै, पुँजीगत लाभकर नतिर्दै एनसलेलाई बोलकबोल प्रकृयामा सहभागी गराएको विषयमा आलोचना भईरहेको छ। तर मन्त्री बाँस्कोटाले भने हावाबाट ९० करोड आएको भन्दै प्रतिक्रिया दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।