महेन्द्रनगर- मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन्।
नगर प्रमुखमा हरिनारायण महतो ६ हजार ७४० मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत ल्याए।
उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भइन्। उनले ६ हजार ६६५ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मीनबहादुर जर्घा मगर ६ हजार ३३८ मतमै सीमित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।