जनकपुर– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार क्षेत्रमा बुधबार साँझ एक शंकास्पद कालो झोला फेला परेपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ।
सखुवाचोकमा बेबारिसे अवस्थामा एक कालो झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। उक्त झोला जनकपुर ढल्केवर सडकखण्डको महेन्द्रनगरको सखुवा चोकमै सहकारी पेट्रोल पम्पनजिकै राखिएको छ।
प्रहरीले झोला भेटिएको क्षेत्र तथा सडक तत्कालै खाली गराएको छ भने आवतजावत बन्द गराइएको छ। झोला भेटिएको स्थाननजिकै बस बिसौनीसमेत भएको हुँदा कुनै यात्रुको झोला छुटेको हुन सक्ने पनि प्रहरीले जनाएको छ। यद्यपि पछिल्लो पटकको बम बिस्फोटका घटनालाइ हेरेर बम डिस्पोजल टोली बोलाइएको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रवार रातिमात्रै महेन्द्रनगरमा बम बिस्फोटमा परि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।