काठमाडौं- प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा सरुवा भएका छन्। त्यहाँ कार्यरत डिआइजी शैलेश थापा क्षेत्रीलाई भने प्रहरी प्रधान कार्यालयमा लगिएको छ। उनीहरु दुवै जना आगामी माघ २९ गतेपछि महानिरीक्षक (आइजी) का दाबेदार हुन्।
आगामी माघ २९ गते आइजी सर्वेन्द्र खनाल, एआइजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात अनिवार्य अवकाशमा जाँदैछन्। त्यसका साथै १९ जना डिआइजीहरु अनिवार्य अवकाशमा जाने भएकाले त्यसपछि पोखरेल र क्षेत्रीसहितका ८ डिआइजी आइजीका दाबेदार मानिन्छन्।
यहीकारण अहिले पोखरेलको मेट्रो सरुवालाई महत्वपूर्ण मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।