लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अन्तिम मनोनयन सार्वजनिक गरेको छ।
फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको मनोनयनमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसी, अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमार छन्।
पछिल्लो एक दशक मेसी र रोनाल्डोबीच वर्ष खेलाडीको अवार्ड घुमिरहेको छ । मेसीले अहिलेसम्म पाँच पटक र रोनाल्डोले चार पटक अवार्ड जितिसकेका छन् । नेइमारले भने अहिलेसम्म अवार्ड जित्न सकेका छैनन् । अवार्ड २३ अक्टोबरमा आयोजित हुने समारोहमा सार्वजनिक गरिनेछ।
गत सिजनमा गरेको प्रदर्शनको आधारमा उकृष्ट खेलाडी घोषणा गरिनेछ । मेसी र नेइमारले गत सिजन बार्सिलोनाबाट खेलेका थिए । मेसीले गत सिजन बार्सिलोनाबाट सबै प्रतियोगितामा ५२ खेल खेलेर ५४ गोल गरेका थिए । नेइमारले ४५ खेलमा २० गोल गरेका थिए । तर, मेसी र नेइमारको बार्सिलोनाले ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन । यता रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले ४६ खेलमा ४२ गोल गरेका थिए।
अन्य विधाको मनोनयन
महिला खेलाडी
डेएना कास्टेलानोस (भेनेजुएला) – फ्लोरिडा
कार्ली लोयड (अमेरिका) – म्यानचेस्टर सिटी
लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष प्रशिक्षक
मासिमिनियानो एलेग्री (इटाली) – युभेन्ट्स
एन्टोनियो कोन्टे (इटाली) – चेल्सी
जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक
लिन्स नेलेसेन (डेनमार्क) – डेनमार्क राष्ट्रिय टिम
जेरार्ड प्रेचेउर (फ्रान्स) – ओलम्पिक लियोनास
सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर
बुफोन (इटाली) – युभेन्ट्स
केलर नाभास (कोस्टारिका) – रियल म्याड्रिड
म्यानुयल नेउर (जर्मनी) – वायर्न म्युनिख
पुस्कस अवार्ड
केभिन प्रिन्स बोएटिङ – लास पालमास
अलेजेन्द्रो कामार्गो – युनिभर्सिडाड
डेना कास्टालानोस – भेनेजुएला यू–१७
माउसा डेम्बेले – सेल्टिक
ओलिभर जिरुड – आर्सनल
एभिलेस हार्टाडो – जिजुएना जोलोस
मारियो मिन्जुकिक – युभेन्ट्स
अस्कारिन कासुलुके – कारेका एफसी
नेमेन्जा माटिक – चेल्सी
जोर्डी एमबोउला – बार्सिलोना यू–१९
फ्यान अवार्ड
बोरुसिया डर्टमुन्ड समर्थक
सेल्टिक समर्थक
एफसी कोपेनहगेन समर्थक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।