• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

माया विक बलात्कार तथा हत्याः १६ महिना बित्दा पनि पीडितले पाएनन् न्याय 

64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  ०६:०१
1140x725

फाइल तस्बिर


धनगढी- २०७५ असार १५ गते चुनरी (दुपट्टा) ले घाँटी तथा सुरुवालले दुवै हात पिठ्यूँमा बाँधेको अवस्थामा कैलालीको गौरिगंगा नगरपालिका ११ चपरथली सामुदायिक वनमा २१ वर्षीय माया विक मृत अवस्थामा फेला परिन्।

सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले असार २२ गते गौरीगंगा नगरपालिका ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भुवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरीलाई पक्राउ गर्‍यो। 

उनीहरुविरुद्ध कैलाली जिल्ला प्रहरी कार्यालयले साउन १३ गते जिल्ला अदालतमा अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता ग¥यो। सो मुद्दा दर्ता भएको एक वर्ष चार महिना पुगेको छ। अहिले सो मु्द्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ।

अदालतमा दायर भएका जघन्य अपराधका मुद्दामा पीडितले न्याय पाउन वर्षौ कुर्नु परिरहेको अवस्था छ। कहिले सरकारी वकिलको आग्रह, कहिले प्रतिवादी तर्फका कानुन व्यवसायीको आग्रहमा त कहिले इजलास नै नबस्दा अदालतले मुद्दा स्थगित गर्नुपर्ने अवस्था छ।

नौ पटक स्थगित

माया विकको मुद्दा अहिलेसम्म नौ पटक स्थगित भइसकेको छ भने एकपटक आदेश जारी भएको छ।

कैलाली जिल्ला अदालतका अनुसार २०७५ कार्तिक १५ गते पहिलो पेशी तोकिएकोमा सरकारी वकिल कार्यालयबाटै स्थगित गराउन आग्रह गरिएको थियो। सो निवेदनमा सरकारी वकिल कार्यालयबाट बयान, कागजपत्रलगायत नक्कल कागज ल्याउन बाँकी उल्लेख छ। सो आग्रहपछि अदालतले मंसिर १९ गतेको पेशी तोके पनि पुनः सरकारी वकिलबाटै स्थगितको माग गरियो। त्यसबेला ‘नक्कल मिसिल उच्च अदालतको सरकारी वकिल कार्यालय रहेको’ कारण देखाइएको थियो। अदालतले सो दिन पनि स्थगित गरि पुस २५ गते पेशी तोक्दासमेत सरकारी वकिल कार्यालयले पुनः मिसिल नआएको भन्दै स्थगित गराउन आग्रह गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

कात्तिकदेखि माघसम्म सरकारी वकिल कार्यालयबाटै स्थगितको अनुरोध भयो। फागुन २३ गतेको पेशीमा प्रतिवादीका कानुन व्यवसायीबाट स्थगितको अनुरोध गएको थियो। सो निवेदनमा मिसिल अध्ययन गर्न नपाएको उल्लेख थियो । कैलाली जिल्ला अदालतले पुनः चैत २१ गतेको पेशी तोक्यो तर, सो दिन इजलास नबस्दा स्थगित भयो ।

अर्को पेशी जेठ १६ गतेलाई तोकियो। सो दिन कानुन व्यवसायीले आफू दिपायल गएको भन्दै स्थगितको अनुरोध गरेका थिए। प्रतिवादीको आग्रहमा स्थगित गर्दै अदालतले असार १२ गते पनि प्रतिवादी कानुन व्यवसायीकै आग्रहमा स्थगित ग¥यो। भदौ ५ गते पनि प्रतिवादी कानुन व्यवसायीकै आग्रहबाट स्थगित गरिएपछि असोज ७ गते बहस नोट पेश गरिएको थियो ।

त्यसपछि असोज ७ गते जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले कल डिटेल झिकाउन आदेश जारी गर्‍यो। सोही आधारमा कैलाली जिल्ला अदालतले नेपाल टेलिकमलाई कल डिटेल उपलब्ध गराईदिन भनी पत्र पठायो। अदालतका स्रेष्तेदार भुवन गिरीले भने, ‘नेपाल टेलिकमले प्रहरीबाहेक अन्यलाई सो विवरण उपलब्ध नगराउने भनेपछि सोही पत्र प्रहरी कार्यालयमा पठाएका थियौं ।’ अदालतले कात्तिक ४ गते पुनः कैलाली प्रहरीलाई कल डिटेल उपलब्ध गराईदिन भनी ताकेता गरे पनि हालसम्म प्राप्त हुन नसकेको जनाएको छ।

स्रेस्तेदार गिरीले भने– ‘कल डिटेल प्राप्त भएपछि मात्र अर्को पेशी चढ्छ ।’ 

घटना के थियो ?

२०७५ साल असार १२ गते बेपत्ता भएकी गौरीगंगा नगरपालिका ११ का माया विक १५ गते चपरथली सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

असार ५ गते नगरपालिकाबाट घरधुरी सर्वेक्षण कार्यका लागि एक महिनाको करार सेवामा काम गर्न थालेकी माया बेपत्ता भएको तीन दिनपछि सो सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गौरीगंगा ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भुवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरीलाई पक्राउ गरेको थियो

मायासँगै काम गर्ने गणेशले असार ८ गते यौन सम्पर्कको प्रस्ताव गरेको र उनले सोझै इन्कार गरेकी थिइन् । त्यसको तीन दिनपछि ११ गते गणेशले उनलाई जबरर्जस्ती गर्न खोजेपछि मायाले प्रतिकार गरेकी थिइन्।

गणेशले मायाले आफनो यौन प्रस्ताव अस्वीकार गरेको झोंकमा साथीहरूलाई ८० हजार रुपैयाँ दिने प्रलोभन दिएर सामूहिक बलात्कारको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। गणेश, मनोज लगायतका अभियुक्तले मायाको हात बाँधेर तथा कागज र रुखका पातले मुख बन्द गरेर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक ३ बजे
सम्बन्धित सामग्री
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु साथै अलर्ट एसमएस आएमा तथा खतराको संकेत स्वरुप साइरन बजेमा हेलचेक्र्याइँ नगरी आफू नजिकैको बम सेल्टरमा अनिवार्य रुपमा जान भनिएको छ । बुधबार, चैत २५, २०८२
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा स... बुधबार, चैत २५, २०८२
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, बेतलबी... मंगलबार, चैत २४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक ३ बजे बुधबार, चैत २५, २०८२
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु बुधबार, चैत २५, २०८२
२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्