काठमाडौं- स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे प्रदेश २ मा बहस सुरु गरिएको छ। स्वास्थ्यमा सबैको पहुँच बढाउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउन ‘भोर’ नामक संस्थाले कार्यक्रम सुरु गरेको हो।
कार्यक्रममा जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्दकिशोर साहले प्रदेशमा उत्पादन भइरहेका चिकित्सकहरु पर्याप्त भए पनि विभिन्न कारणले मेडिकल पेसामा टिक्न नसकेको र गुणस्तरीय सेवा दिन नसकेको औंल्याए।
प्रदेश २ का स्थानीय तहका सरकार प्रमुख तथा प्रदेश सांसद, राजनीतिक दल, शैक्षिक संस्था, सञ्चारकर्मी, सहयोगी निकाय नागरिक समाज गरी अन्य बहुक्षेत्रीय सरोकारवालाहरुमाझ अझै विस्तृत रुपमा बहस सञ्चालन गरिने योजना रहेको भोरका कोषाध्यक्ष पचुलाल माझीले जानकारी गराए।
प्रादेशिक स्तरमा सुरु गरिएको कार्यक्रम अन्य ६ प्रदेशमा पनि सञ्चालन गरिने भोरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।