काठमाडौं- सोमबारदेखि देशभरको मौसम सामान्यतया सफा रहने मौसम विभागले जनाएको छ ।
विभागले तीन दिनको मौसम बुलेटिन जारी गर्दै मौसममा सुधार आउने बताएको हो। केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।
पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बिहानदेखि देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात गराएको थियो। हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएको थियो।
पहाडी क्षेत्रको आकाशमा भने थोरै बादल देखापरेको छ। अर्थात् आंशिक बदली भएको छ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेने विभागले जनाएको छ ।
तराई क्षेत्रमा पनि अहिले हुस्सु र कुहिरो देखिएको छ। त्यो दिउँसोसम्म रहने मौसमविद्को भनाई छ। पहाडमा देखिएको कुहिरो भने घाम लागेसँगै हटेर जाने छ।
यस्तो छ तीन दिनको मौसम अनुमान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।