सिन्धुपाल्चोकमा फेरि दुर्घटना, १८ जना घाइते, ४ को अवस्था गम्भीर

नेपाल लाइभ | २०७६ मङ्सिर २९ आइतबार | Sunday, December 15, 2019 १७:५७:०० मा प्रकाशित

काठमाडौ- सिन्धुपाल्चोकमा आइतबार दोस्रो दुर्घटना भएको छ। सुकुटेमा बोलेरो दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यसअघि आइतबार बिहानै ६  किलोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।