काठमाडौं– नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको फाइनल प्रवेश गरेका छन्। ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा मा शुक्रबार नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनल पुगेको हो।
नेपालले एक÷एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो। दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा भारतले नेपाललाई ५१–२६ ले पराजित गर्यो। भारतका अमित नगर उत्कृष्ट रेडर तथा विनित शर्मा उत्कृष्ट केचर चुनिए।
नेपाल र भारत भिड्नु अगावै दुवै टिम फाइनलमा पुगिसकेका थिए। दुवैले बंगलादेशलाई हराइसकेकाले दुवैको स्थान फाइनलमा सुरक्षित भइसकेको थियो।
शुक्रबारै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई १७–९ ले हराएको थियो। बिहीबार नेपालले बंगलादेशमाथि ३७–३५ को जित दर्ता गरेको थियो। अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।