डडेलधुरा- लगातारको वर्षासँगै परेको हिमपातका कारण डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो।
हिमपातका कारण शुक्रबार दिउँसोबाट अवरुद्ध भीमदत्त राजमार्ग शनिबार दिउँसोबाट सञ्चालनमा आएको छ। राजमार्ग खुलाइए पनि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क भने अझै सञ्चालन भएको छैन। हिमपातका कारण खराबी आएपछि दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क अवरुद्ध भएको छ।
अवरुद्ध भएको सञ्चार सञ्चालन गर्न अझै समय लाग्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ। शुक्रबार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरण गरिएको एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएका छैनन्। एडिएसएललगायतका इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीहरुले आफ्ना सञ्चारगृहमा समाचार सम्प्रेषण गर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।