• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हे भगवान, राजनीति नपसोस्: सन्दुक रुइत

64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  १७:४३
1140x725

म असाध्यै विकट गाउँ ओलाङचुङ्गोलामा जन्मिएँ। मलाई मेरो पिताले ७ वर्षको उमेरमा दार्जिलिङ पढ्न पठाउनु भयो। त्यसपछि एमबीबीएस पढ्न छात्रवृत्ति पाएँ। पढेर नेपालको कुना कन्दरामा काम गरिसकेपछि फेरि आँखाको विषयमा मेडिकल साइन्स पढ्ने मौका पाएँ। 

फर्केर हेर्दा कहिलेकाहीँ म आफैं पनि विश्वास गर्न सक्दिनँ। कुनै पनि संस्था चलाउन धेरै चुनौती र अवसरको सामना गर्नुपर्छ। तिलगंगा आँखा अस्पताल खोल्दा मैले पनि त्यसको सामना गर्नुपर्‍यो। मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा प्रतिबद्धता र इमान्दारिता हो। त्यसपछि राम्रो मान्छेलाई छनोट गरेर समूह विकासको निम्ति क्षमता हुनुपर्छ। समूहसँग बसेर निर्णय गर्ने क्षमता हुनुपर्छ। नेपालको सन्दर्भमा हाम्रो संस्था राजनीतिबाट टाढा बस्यो। कसैले मलाई उपलब्धिबारे सोध्यो भने मेरो जवाफ हुनेछ, ‘हामीले तिलगंगालाई अहिलेसम्म राजनीतिबाट धेरै टाढा राख्न सक्यौं।

सकिँदो रहेछ। म एक्लैले यो काम गरेको हैन। मेरा असाध्यै राम्रा साथी छन्। मेरो टिमले मेरो भिजनलाई बुझ्न सक्यो। हामीले यसरी नै ३ दशक गर्न सक्यौं। 

वास्तवमा हाम्रो प्रमुख फोकस बिरामीमा हुनुपर्छ। हामीले बिरामीलाई सरल तरिकाले सेवा दिन सक्नुपर्छ। बिरामीले त्यो सेवा आफ्नो क्षमताले लिन सक्नुपर्‍यो। सबैभन्दा महत्वपूर्णचाहिँ कुनै पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरमा खस्कनु भएन। धनीलाई एउटा र गरिबलाई अर्को हुनु भएन। 

राज्यले सञ्चालन गरिरहेका संस्थामा भ्रष्टाचार भइरहेको छ। व्यावसायिक क्षेत्रको व्यवस्थापन र गुणस्तरमा ध्यान दिनुपर्छ। हामीले गरेर देखाएका छौं। 

हामीले जे गरे पनि राम्रो सेवा दिनैपर्छ। हामीले पढेका हुन्छौं। कसम खाएका हुन्छौं त्यो त हामीले गर्नैपर्छ। स्वास्थ्य क्षेत्रमा जसरी व्यापारीकरण हुन्छ त्यो चाहिनेभन्दा बढी भइरहेजस्तो लाग्छ। हाम्रा साथीहरूले यसलाई हटाउनु जरुरी छ। 

म मेरो पेसालाई असाध्यै माया गर्छु। आफ्नो पेसालाई जति माया गर्‍यो, त्यति क्षमता बढ्छ। 

जीवनमा आँखा शल्यक्रिया गर्दाका केही घटना म सधैं सम्झन्छु।

nimb
nimb
Ncell 2
Ncell 2

१० वर्षअघि दोलखा जिल्लामा शिविर गर्दा एक जना महिला कान्छीमायालाई उनको दाजुले डोकामा बोकेर लिएर आएका थिए। उनी ५ वर्षदेखि दृष्टिबिहीन थिइन्। दृष्टिबिहीन भएपछि श्रीमान्‌ले घृणा गरेका कारण उनी माइती गएकी रहेछन्। उनका ६ वर्षकी छोरी र ३ वर्षका छोरा थिए, जसलाई उनले दृष्टिविहीन हुँदै जन्म दिएकी थिइन्। हामीले त्यो दिन उनको आँखा शल्यक्रिया गर्‍यौं। दोस्रो दिन राउण्डमा बिरामी हेर्न गयौं। पट्टी बिस्तारै खोलिसकेपछि उनले बिस्तारै हेरिन्। अप्रेसनभन्दा पहिला ६० वर्षजस्तो लाग्थिन् उनी,  केही समयमा सबै देखिसकेपछि करिब २० वर्ष कान्छी देखिँदी रहिछिन्। बिस्तारै उनको काखमा उनको बच्चा राख्यौं। कान्छीले एकछिनसम्म ट्वाल्ल परेर हेरिन्। अनि उनको हातले गालामा ल्याएर सुम्सुम्याइन्। अनि चुप्पा गरेर बच्चालाई काखमा राखेर आँसुका थोपा तपतप चुहिए।

हामी धेरै भाग्यमानी छौं। त्यस्तो भावना हामी कहिले पनि देख्दैनौं। जुन बच्चालाई आमाले ९ महिना पालेर ३ वर्षपछि एकैपटक देख्दा कस्तो महसुस भयो होला ? हामी उनलाई अझै पनि फलो गरिराको छौं। कान्छी सिन्धुपाल्चोकमा आफ्नै काममा व्यस्त छिन्। अहिले उनको बच्चाहरु स्कुल जान्छन्। 

एक वर्षअघिको हेटौंडा अस्पतालमा एउटा शिविर गरेका थियौं। शिविर गर्ने क्रममा ८ वर्षका बालक रोशन थिङ आए। त्यो उमेरमा बेहोस नगरी अपरेशन गर्न हामीलाई चुनौती हुन्छ। तर हाम्रा स्टाफ असाध्यै राम्रा छन्। फकाएर दुवै आँखाको अपरेशन गर्‍यौं। मैले सोधें– रोशन बाबु। आँखा देखेपछि भोलि के खाने त?

उसले भन्यो– मैले मःम खाएकै छैन। मःम खाने सर। 

भोलिपल्ट राउण्डमा बिरामी राख्यौं। बिरामी हेर्ने क्रममा एकजना निजगढकी दिदी थिइन्। उनको दुवै आँखा बन्द थियो। हामी हेर्दै थियौं। रोशनको पालो ‘सेकेण्ड लास्ट’ मा थियो। उसले आँखा खोलेपछि म अगाडिको कुर्सीमा थाकेर बसेँ। एकैपटक ऊ झम्टेर आएर मलाई छुन आयो। मलाई अचम्म लाग्यो। मेरो कपाल र गाला सुम्सुम्याउन थाल्यो। चस्मा लगाएको थिएँ। फुकालेँ। त्यो मैले नसोचेको प्रतिक्रिया थियो। यो सुन्दर प्रतिक्रिया म जीवनमा कसरी भुलूँ।

भारतबाट बर्सेनी १ लाख मानिसहरु सीमाक्षेत्रका आँखा अस्पतालमा शल्यक्रिया गर्न आउनुहुन्छ। भुटान, भारतको आसाम, सिक्किम, दार्जिलिङ, चीन र पाकिस्तानबाट जाँच र शल्यक्रियाका लागि बिरामी आउँछन्। शुल्क पनि सस्तो छ। 

सबैभन्दा ठूलो कुराचाहिँ नेतृत्व व्यवस्थापन र गुणस्तर हो। 

राजनीति नपसोस्, हामी गर्न सक्छौं। गरेर पनि खाएका छौं। पक्का गर्न सक्छौं। मसँग हुने र अर्को फिल्डमा हुने डाक्टर एकसे–एक हुनुहुन्छ। उहाँहरू सबै गर्न सक्नुहुन्छ । 

तराईको स्वास्थ्य क्षेत्र देख्दा मलाई रुन मन लाग्छ। त्यहाँका साथीहरूले गुणस्तरीय स्वास्थ्य राम्रोसँग पाउनुहन्न। सरकारले एउटा नमुना बनाइदियो र त्यो राम्रोसँग चल्यो भने अरु पनि चलाउन सकिन्छ। 

अहिले हामीकहाँ अन्धोपन यति, उति छौं भन्छौं। नेपालमा म र मेरा सहपाठीहरूले मिहिनेत गर्‍यौं भने विश्वले पनि नेपालमा अन्धोपन निवारणको राम्रो उपाय छ भन्ने थाहा पाउँछ। त्यो अन्तर्राष्ट्रिय रुपमा भइरहेको छ। मलाई गर्व लाग्छ यो नेपालको सरकारलाई देन होजस्तो लाग्छ। नेपाली झण्डा लिएर हामी संसारभरि जान सक्छौं जस्तो लाग्छ। 

यहाँ सक्ने बिरामीले पनि १५–२० हजारभन्दा बढी तिर्नु पर्दैन। तर विदेशमा एउटा शल्यक्रियाको साढे ५ लाख डलर लाग्छ। 

संसारमा अझै पनि २ करोड मानिसलाई शल्यक्रियाको तुरुन्त जरुरी छ। नेपालमा करिब २ लाख मानिसलाई आवश्यक छ। उनीहरूले उपचार पाए भने देख्न सक्छन्। 

आर्थिक अवस्थाका कारणले हामीले अझै गर्न सकिरहेका छैनौं। अबको १० वर्षमा धेरै ध्यान दिएर अगाडि जाने प्रक्रियामा पनि छौं। 

आँखाको क्षेत्रमा राम्रा जनशक्ति ५० जनाभन्दा बढी छन्। विभिन्न ठाउँमा बसेर जनताको सेवा गरिरहनुभएको छ। तालिम प्रकियामा हामी गम्भीर रुपमा लागेका छौं। 

आउँदो वर्षमा त्यो संख्या पनि बढ्दै जान्छ। 

प्रि–स्कुल बालबालिकालाई स्कुलमा भर्ना गर्दा आँखाको चेक गराउनुस्। नेपालजस्तो देशमा मधुमेह महामारीको रुपमा आइरहेको छ। यसले आँखामा असर गर्छ। त्यसैले मधुमेह भएको मान्छेले आँखामा चेक गराउनुपर्छ। अर्कोचाहिँ ४० पुगिसकेको मान्छेले आँखा अत्यावश्यक रुपमा चेक गराउनुहोला। 

(डा रुइतले नेपाल लिट्रेचर फेस्टिबलको दोस्रो दिन चौथो चरणको 'दृष्टिदान' सेसनमा गरेको संवादको सम्पादित अंश)

  

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्