• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बेवारिसे बने शान्तिका लागि विकासका पूर्वाधार 

64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  १६:५३
1140x725

रोल्पा- सुनील स्मृति गाउँपालिका ६ तेवाङस्थित राष्ट्रिय मावि भवन जीर्ण अवस्थामा थियो। विद्यालय व्यवस्थापन समितिले नयाँ भवन निर्माणका लागि जिल्ला प्राविधिक कार्यालयमा माग पत्र पेश ग¥यो । सोहीबमोजिम लागत अनुमान  गरियो। भवन निर्माणका लागि २ लाख निकासा भयो। घडेरी सम्याउने र पिलर  ठड्याउने काम भयो। अर्को वर्षका लागि बजेट निकासा गर्न  विद्यालय प्रशासन र अभिभावक लागि परे। तर काम  गर्ने समय रहँदा सम्म बजेट निकासा गर्न  आलटाल गरियो। काम गर्ने बेला घर्किइसकेपछि वर्षान्तमा १० लाख निकासा भयो। काम गर्न सम्भव नभएपछि बजेट फिर्ता भयो।   

त्रिवेणी गाउँपालिका ७ को वडा कार्यालय निर्माणका लागि ८ लाख ५० हजारको बजेट स्वीकृत भयो। पहिलो वर्ष १ लाख रुपैयाँसमेत निकासा भयो। नयाँ वडा कार्यालय भवन बन्ने भए पछि स्थानीय बासिन्दा खुसी भए। टेण्डर आह्वान गरेर ठेक्का दिइयो। कामहरु तीव्र गतिमा भए। ठेकेदारले झण्डै १० लाखको काम गरे। तर उनले जिल्ला प्राविधिक कार्यालयबाट काम अनुसारको भुक्तानी पाएनन्।

शान्ति मन्त्रालयबाट सशस्त्र द्वन्द्वबाट अत्याधिक प्रभावित जिल्ला रोल्पाको विकासका लागि भनेर सञ्चालित  योजनाका उदाहरण हुन् यी। रोल्पामा स्वास्थ्य चौकी, विद्यालय भवन, वडा कार्यालय, सहिद स्मारक,  सहिद गेटसमेतलगायतका ५० भन्दा बढी योजना अलपत्र परेका छन्। 

दीगो शान्ति प्रवद्र्धनका लागि स्थानीय स्रोत साधनको अधिकतम परिचालन गर्दै द्वन्द्वका घाउमा मल्हमपट्टी लगाउन भनेर सरकारले द्वन्द्वबाट अतिप्रभावित जिल्लामा यस्ता कार्यक्रम गरेको थियो। स्थानीय बासिन्दाको मागबमोजिम विकास निर्माणका आयोजना गाउँ–गाउँसम्म पुर्‍याउने र आयोजनाहरु स्थानीय समुदायको सहभागितामा सम्पन्न गर्ने कार्यक्रमको उद्देश्य थियो। ‘शान्तिका लागि विकास कार्यक्रम’ नाम दिइएका ती आयोजना थालेको लामो समय बितिसक्दा पनि सम्पन्न भएका छैनन्।   

पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम कार्यान्वयनका लागि तत्कालीन जिल्ला प्राविधिक कार्यालयबाट बजेट बिनियोजन हुने व्यवस्था गरिएको थियो । राज्य पुनर्संरचनापछि शान्ति तथा पुनर्निर्माण मन्त्रालय हटाएसँग जिल्लाका प्राविधिक कार्यालय खारेज भए र त्यसमार्पmत् सञ्चालित आयोजना समेत अलपत्र परे।

यस कार्यक्रमअन्तर्गत विद्यालय भवन, स्वास्थ्य चौकी भवन, गाविस भवन तथा सहिद स्मारक एवम पार्कका नाममा बजेट विनियोजना गरिएका थिए। 

त्रिवेणी गाउँपालिकामा निर्माणाधीन दुई विद्यालय भवन  र एउटा गाविस भवन पनि बेवारिसे अवस्थामा छन्।  यसैगरी रुन्टीगढी गाउँपालिकामा ३ वटा विद्यालय भवन बेवारिसे अवस्थामा रहेको गाउँपालिकाका श्रोतव्यक्ति कुलराज आचार्यले बताए ।  उनका अनुसार सूर्योदय मावि मसिना, सरस्वती आधारभूत विद्यालय सखी र जनकल्याण मावि सर्पालमा भवन निर्माणका लागि योजना स्वीकृत भयो। सोहीअनुसार पहिलो वर्ष ती विद्यालयको खातामा रु ३०÷३० हजारका दरले  बजेट पनि निकासा गरियो। स्थानीयले भवन निर्माणका लागि घडेरी सम्याए। दोश्रो वर्ष १÷१ लाख विनियोजन गरेको भनियो, तर बजेट निकासा भएन। 

परिवर्तन गाउँपालिकामा समेत गाविस, विद्यालय र स्वास्थ्य चौकी भवनका लागि तीनवटा योजना स्वीकृत भएका थिए । कुरेलीमा स्वास्थ्य चौकी तथा विद्यालय भवन र पाछावाङमा वडा कार्यालय भवन बनाउने भन्दै प्रत्येक योजनाका लागि ६÷६ लाखका दरले वजेट निकासा गरिएको थियो। स्थानीय बासिन्दाले भवन निर्माणको काम थालेका थिए । अर्को वर्ष पनि बजेट विनियोजन हुने आशमा उनीहरुले घडेरी सम्याए, पिलर ठड्याए। तर बजेट आएन। 

Ncell 2
Ncell 2
nimb
nimb

सुनिल स्मृति गाउँपालिकाका विद्यालय भवन र वडा कार्यालय भवन पनि बेवारिसे छन्। अन्य योजनाको तुलनामा सो गाउपालिकाको ५ नम्बर वडा कार्यालय गजुलमा अलिक बढी बजेट विनियोजन भएको थियो। ३० लाख बजेट बिनियोजन भएपछि निर्माण गर्न ठेकेदारलाई जिम्मा  दिइएको थियो। भवन ढलानको काम गरेका ठेकेदारले थप पैसा नपाएकाले काम गर्न मानेका थिएनन्, जसका कारण भवन अधुरो भयो । ‘अहिले यस्तै भवनमा वडा कार्यालय चलाउन वाध्य भएका छौं,’ वडाध्यक्ष  अर्जुन सुवेदीले भने।  

सो कार्यक्रमबाट जिल्लाको एकमात्र नगरपालिका रहेको रोल्पा नगरपालिकासमेत अछुतो रहन सकेको छैन। नगरपालिकाको ८ नम्वर वडा कार्यालय भवन निर्माण कार्य अलपत्र छ। 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सुरु गरेका योजना स्थानीय सरकारले सम्पन्न गर्न नीतिगत र प्राविधिक कठिनाइ देखिएको त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा बुढाको भनाइ छ। ‘सुरुमा आयोजना सम्पन्न गर्न स्थानीय तहलाई बजेट उपलव्ध गराउने भनियो। अहिले आफैं व्यवस्थापन गर्नु पर्ने भनिएको छ,’ उपाध्यक्ष बुढाले भनिन्।  उनले स्थानीय सरकारसँग भएको सीमित बजेटले ती योजना सम्पन्न गर्न समस्या देखिने बताइन्। ‘एउटा कार्यालयले गरेको प्राविधिक लागत विवरणलाई अर्को कार्यालयले बजेट विनियोजन गरेर काम गर्दा कानुनी हिसाबले झन्झटिलो काम हो,’ उपाध्यक्ष बुढाले भनिन्। 

अलपत्र योजना छिटोभन्दा छिटो सम्पन्न  नगरे निर्माण सामग्रीको गुणस्तरीयतामा प्रश्न उठ्न सक्ने रोल्पा नगरपालिकाका ईन्जिनियर मुकेश कँुवरको भनाइ छ। प्राविधिक दृष्टिकोणले २÷४ वर्ष सामान्य मानिए पनि त्योभन्दा बढी समय लम्बिए रडमा खिया लाग्न सक्ने र योजनाको गुणस्तरसमेत घट्ने कुँवरले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शान्ति तथा पुनस्र्थापना शीर्षकबाट निर्माण सम्पन्न भएका संरचनासमेत प्रयोगविहीन छन्। पार्टी विभाजन नहुँदै तत्कालीन नेकपा माओवादीले रोल्पा सदरमुकाम लिवाङको सात्तालेमा निर्माण आरम्भ गरेको जनयुद्ध संग्राहलय प्रयोगविहीन छ। माओवादी पार्टीमा विभाजन हुनुपूर्व नै निर्माण आरम्भ गरिएको उक्त संग्रहालयको अधिकांश निर्माण सम्पन्न भए पनि भवन भने प्रयोगविहीन देखिएको छ। पार्टी पटक–पटक सरकारमा गएको फाईदा उठाउँदै सो संग्रहालय बनाउनभन्दै बजेट निरन्तर आईरहेको थियो । पौने तीन करोड रुपैयाँ  खर्चेर निर्माण गरिएको उक्त भवनका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि कहाँबाट, कति बजेट आयो भन्ने कुरा अपारदर्शी हुने गरेको आरोप खेप्दै आएको छ। 

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढा उक्त भवन निर्माणका लागि आएको बजेटबारे अनभिज्ञता प्रकट गर्छन्। 

‘तत्कालीन जिल्ला विकास समितिमार्फत् एकपटक २५ लाख आएकोसम्म मलाई जानकारी छ त्यसअघि वा पछि कति बजेट आयो थाहा  छैन,’ प्रमुख बुढाले भने। उक्त बजेटबाट सहिद प्रतिष्ठान रोल्पाले सो भवनको पहिलो तला ढलान गरेको थियो। माओवादी सशस्त्र युद्धमा प्रयोग गरिएका सामग्री संग्रह गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो भवनमा १२ वटा कोठा छन्। 

सोही कार्यक्रमअन्तर्गत  निर्मित बिपी पुस्तकालय तथा बिपी चिन्तन प्रतिष्ठान र गिरिजा स्मृति वृद्धाश्रम भवन पनि निर्माण कार्य सम्पन्न नहुँदा प्रयोगविहीन अवस्थामा छन् । पुस्तकालय तथा चिन्तन प्रतिष्ठान र वृद्धाश्रम भनिए पनि पार्टी तथा जनवर्गीयसंगठनको संपर्क कार्यालयको रुपमा उक्त भवन प्रयोग हुने देखिएको छ। पटक–पटक सत्तामा बसेका नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रले पार्टी प्रयोजनका लागि सरकारी स्रोत उपयोग गरेका छन्।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको विघटनसँगै ती योजना अलपत्र परेको साविकको जिल्ला प्राविधिक कार्यालय रोल्पाका जिल्ला ईन्जिनियर गोपिराज पुनले बताए। ‘मन्त्रालय नै नरहँदा योजना अलपत्र परेका छन्,’ पुनले भने, ‘बाँकी योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गर्ने गरि ती योजना स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको छ।’ तर स्थानीय सरकारको ध्यान  सडक खन्नेतिर मात्र जाँदा निर्माणधीन ती योजना तत्काल सम्पन्न हुने छाँट छैन। 

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादमार्फत नेपालले उक्त सहायता सुनिश्चित गरेको हो। मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्