• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

वर्षात्‌सँगै पोखरामा पोखियो भैरब किस्सा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  ०९:२२
1140x725

पाेखरा- ‘अरुलाई हँसाउने भैरबको आफ्नै जीवन भने साह्रै निरस र दुःखदायी थियो,’ नेपाली साहित्यका प्रसिद्ध हाँस्यव्यंग्यकार भैरब अर्यालबारे उनका समवर्ती साथीहरूले सम्झने गर्छन्। २०३३ सालमा ४० वर्षको उमेरमा भैरबले आत्महत्या गरेका थिए। आत्महत्या गर्नुअघि उनले सुसाइड नोटस्वरप एक कविता लेखेका थिए–

टाढा टाढा एउटा गाउँमा
बाजे बराजु मरेको ठाउँमा
म पनि अचानक अस्ति खसेको छु
त्यसैले आफू आफ्नै किरिया बसेको छु

ए न आओ कोही बोलाउन मलाई
मभित्र आफ्नै कोलाहाल छ
निश्चितै निषेधको कोराबारी बसेको छु
आफ्नै वियोग–वेदनाको हलाहल छ

०००

शुक्रबारबाट सुरु भएको आइएमई नेपाल लिट्रेचर फेस्टिबलको तेस्रो सेसन थियो- ‘भैरब अर्याल मीमांस’। सेसनमा आख्यानकार अमर न्यौपानेले उक्त सुसाइड नोट वाचन गर्दा एकैछिन हल स्तब्ध भयो। बाहिर चिसो मौसम, सिमसिम पानीले भिजेको थियो लेकसाइड। भैरब पढेर हाँस्ने पाठकहरूको मन भने भिजेको थियो सायद। 

आख्यानकार न्यौपानेको सामुन्य थिए लेखक रोचक घिमिरे। जो भैरबका सबैभन्दा नजिकका साथी। भैरबका हरेक दुःख र किस्साका साक्षी। तीनै परम् मित्र घिमिरेले सेसन अवधिभर भैरबलाई अनौठोसँग सम्झे। सम्झँदा कहिले फक्रेर हाँसे त कहिले भावुक भए। ‘उसको स्वरको नलीको व्यथा थियो। उपचार गराउन दिल्ली गएको थियो। तर, उपचार नहुने भएपछि उसले आत्महत्याको बल गर्‍यो,’ भैरबको मृत्युको रहस्य खोतल्दै रोचकले भने।  
आत्महत्या गर्नुअघि भैरबले रोचकलाई चिठी लेखेका थिए। दिल्लीमा उपचार सम्भव नहुने कुरा साथीलाई बताएका थिए। दिल्लीमा बाबुराम पौडेल भन्ने भैरबको साथी थिए। त्यहाँ उनकै डेरामा बस्थे भैरब। त्यहाँ हुँदा ताजमहल र हरिद्धार बाबुरामसँगै गएका थिए उनी। 

त्यहाँबाट फर्केपछि रोचकलाई लेखेको चिठीमा भैरबले आत्महत्या प्रयासबारे बताएका थिए, ‘हरिद्धारमै आफूलाई बिसर्जन गरौं भन्ने लाग्यो मलाई। तर, बाबुराम पौडेलले छाड्दै छाडेनन्। दिल्लीबाट एक्लै बनारस गइयो। शिव भट्टराई र बलराम उपाध्ययले मलाई छाड्दै छाडेनन्।

त्यहाँ पनि आफूलाई विसर्जन गर्न पाइनँ। र रेल चढाएर रक्सोल पठाइदिए। रक्सोलमा पनि रेल दुर्घटना भएर मलाई लगिदे हुन्थ्थो भन्ने लाग्यो। रक्सोलबाट वीरगञ्ज आएँ। वीरगञ्जबाट छानेर एउटा थोत्रो चाहिँ ट्रक, त्यो पनि ओभरलोडेड। दुर्घटना भइदिए हुन्थ्यो भनेर चढेँ। त्याँ पनि मर्न पाइएन।’ 

Ncell 2
Ncell 2

पारिवारिक व्यथा, शोषण र अरुको दुरुपयोगको सिकार भएर भैरबले मृत्युवरण गरेको रोचक स्विकार्छन्।

०००

भैरवले ती कुरा पनि रोचकलाई सेयर गर्थे, जुन परिवार वा कसैलाई पनि भनेका हुन्थेनन्। सामुन्यमा भन्न नसकेका कुरा चिठीमा लेखेर दिन्थे। तीनै अनन्य मित्र रोचकसँगको सुरुवाती भेट साँच्चै रोचक छ भैरबको।

२०१६ साल माघ २३ गते पहिलोपटक भैरबलाई देखेका थिए रोचकले। 

उनीसँग रोचकको पहिलो परिचय लेखक श्याम प्रसाद शर्माले गराइदिएका हुन्। पहिलो भेटमा भैरबलाई भेटे पनि उनको लेखनक्षमताबारे बुझेका थिएनन् रोचकले। हालखबर पत्रिकामा भेट्दा लाटो लाटो लागेको थियो उनलाई।

एकदिन रोचकले पढेको एउटा व्यंग्य उनलाई खुब मन पर्‍यो। त्यतिबेला उनको साथी थिए पुरु रिसाल। व्यंग्य पढेर रोचक हाँसेपछि पुरुले भनेका थिए, ‘यो पढेर हाँस्छौ भने मेरै दाइले लेखेका त हो नि! ठीक छ मेरो दाइसँग तिमीलाई भेट गराउँछु।’

रोचकलाई उनले डिल्लीबजारको ओरोलोतिर लगे। एउटा काँचो इँटको घर पुगे। काठको पुरानो भर्‍याङ प्रयोग गरेर उनीहरू त्यतातर्फ लागे। कोठा अँध्यारो थियो। काठमाडौंमा परालै पराल मोडिएको डस्ना जस्तै बनाइन्थ्यो त्यो बेला। त्यसलाई चारपाटे भनिन्थ्यो।

त्यस्तै परालको डस्नामा माथि पातलो ओछ्याउने छ। त्यसमा ओछ्यान ओछ्याएको र निहुरिएर कलम धसिरहेको मान्छे त्यहाँ देखियो। पुरुले 'उहाँ हाम्रो भैरब दाइ' भनेर चिनाए।

ती मान्छे पनि उठे, त्यही हालखबरमा देखिएको लाटो लाटो मान्छे। 

‘म चाहिँ भैरब प्रसाद अर्याल हुँ,’ उनले परिचय दिँदै भने। रोचक दंग परे। ‘पुरुले त भैरब प्रसाद अर्याललाई पो भनेको रैछन् त। पुरुको दाइको नाम भैरब रिसाल। मैले त भैरब रिसाल होलान् भन्ने ठानेको थिएँ, ’ त्यो क्षण सम्झँदै रोचकले हाँस्दै भने।  

त्यसपछि सम्बन्ध झांगिँदै गयो भैरबसँग रोचकको।  

०००

भैरबको जीवनमा कोट र जुत्ताको विशेष किस्सा छ। रोचक ती किस्साहरू खोतल्दै जान्छन्। 

घनिष्ठता भएपछि उनी रोचकको घरमा आएर राति सुत्दथे भने कहिले रोचक भैरबको घरमा गएर सुत्ने गर्थे। एकदिन भैरब रोचककहाँ गएका थिए। त्यो दिन उनी त्यहीँ सुते। उनी त्यतिबेला गोरखापत्रमा जागिर खान्थे। गोरखापत्रमा जानुपर्ने हुनाले परसम्म पुर्‍याउँछु भनेर रोचक भैरबसँग नक्सालसम्म हिँड्दै गएका थिए। हिँड्ने क्रममा र्भैरबको सानो सानो, मैलो सुतिको कोटलाई रोचकले नियाँले। र उनले 
अचानक सोधे, ‘ए भैरब, यहाँभन्दा अगाडि पनि तिम्रो कोट थियो?’

भैरबले झसंग हुँदै भने– हँ

रोचकलाई असजिलो लाग्यो। अनि कुरा मोड्दै भने, ‘ल अब ढिला हुन्छ मलाई। म फर्किएँ। तिमी जाऊ।’

भोलिपल्ट बिहानै भैरब रोचककहाँ आइपुगे। र, कापीमा १६ पाना लेखेको एउटा चिठी दिँदै भने, ‘ल यो तिमी पढ है।’

दिनेबित्तकै उनी हिँडे। रोचकले अनौठो मान्दै त्यो चिठी पढ्न थाले। त्यहाँ कोटको प्रसंग थियो। ‘तिमीले मलाई त्यो कोटको बारेमा सोधेपछि एउटा किसानले एक कोदालीले एक चपरी माटो जसरी उप्काउँछ र त्यहाँ पत्र पत्र खन्दै जान्छ। त्यसरी मेरा कोटबारे पनि सम्झनाका पत्रपत्र उप्कँदै गए।’ 

भैरबको १३ वर्षको उमेरमा विवाह भएको थियो। विवाहमा दुलहालाई दौरा–सुरुवाल कोटा, जुत्ता लगाउनु पर्छ। तर, भैरबलाई उनको बाले भनेछन्, ‘यसलाई कोट र जुत्ता किन चाहियो। त्यो ससुरालीले किनिदिइ हाल्छ नि। अहिले जामा र पगरी लगाएर जान्छ बेहुली लिन। जुत्ता नभएनि हुन्छ। जामाले छोपिहाल्छ नि।’

मन कुँडिदा कुँडिदै पनि त्यसो गर्न बाध्य भए भैरब। 

बाले भनेअनुसार ससुरालीले उनलाई कोट र जुत्ता दिए। दौरा सुरुवाल दिए। सबै थोक दिँदा उनमा खुसीको सीमा रहेन। ससुराली जाँदा ती पहिरन उमंगिँदै उनी लगाउन खोेज्छन्। तर सुरुवाल लगाउन खोज्दा खुट्टाबाटै छिर्दैन। 

जुत्ता लगाउन खोज्छन् जुत्ता पनि छिर्दैन। उनले सोचे, ‘अब त मेरो ब्यजत नै हुने भयो।’ 

फेरि सम्झे, कोट पनि त थियो नि। तर, लगाउन खोज्दा कोटले समेत धोका दियो। 

अनि बाले भनेछन्, ‘तँलाई यो ठीक नभएर के भयो त। यो कोट जुत्ता सबै लिएर जा। ससुराली पुग्ने  बेलामा लगाउनु, जति दुखे पनि त्यहाँ पुग्न पाए त भैगयो नि। उनी त्यसैगरी गए। ससुराली पुग्न पुग्नै लाग्दा हातमा जुत्ता झुण्ड्याएर गएछन्। बाटैमा जेठान भेट भएछन्। साह्रै द्धिविधामा परे उनी। 

सकी नसकी जुत्ता लगाए। ससुराली गए, दुलही लिएर आए। जुत्ताले गर्दा खुट्टामा घाउ भएको थियो। चिलिम घोटेर त्यो बेलाको औषधि घाउमा लगाए। तर, नयाँ जुत्ता लगाउने आँट गरेनन्। 

जुत्तामात्र हैन, कोटका कारण भैरबले भोगेको अपमान रोचकको स्मणमा ताजै छन्।

त्यो बेलामा हालखबर भन्ने पत्रिकामा भैरब संवाददाता थिए। मदनमणि दिक्षित प्रधानसम्पादक थिए। त्यो बेलामा संसद थियो। भैरब रिपोर्टिङको लागि संसदमा जान्थे। एकदिन ममदीले झोकिँदै भनेछन्, ‘संसदमा जाँदा कमिज सुरुवाल लगाएर जाने हो? गतिलो कोट लगाएर जानुपर्छ। यो हुँदैन।’

गतिलो कोट थिएन उनीसँग। त्यसपछि सूतिको कोट लिएर आएर। त्यही लगाएर संसदको रिपोर्टिङमा जान लागे। 

मदनमणि दिक्षित त प्रसिद्ध फोटोग्राफर पनि थिए। उनको स्टुडियो थियो। एकदिन भैरबले ममदीलाई भनेछन्, ‘माड्साप मेरो पनि फोटो खिचिदिनुस् न।’

‘अरे तिम्रो राम्रो कोट नै छैन कहाँको फोटो खिच्ने,’ ममदीले अटेर गर्दै भनेछन्, ‘कालो गज्जबको कोट लगाएर आऊ, अनि मात्र खिचिदिन्छु।’

तर, भैरबले कालो कोट सिउन सकेनन्। त्यही कोटको भए पनि हत्ते गरेपछि ममदीले फोटो खिचिदिए। तर, राम्रो आएन भनेर फाटो दिएनन्। संसदमा जाने कुरा त्यसपछि रोकियो। 

भैरबको किस्सा सुनाउँदै गर्दा रोचकले भनेका थिए, ‘ऊ मेरो हितैशी भएकाले कहिले तँ र कहिले तिमी भन्छु। अन्यथा नलिनु होला।’

०००

भैरबले पूर्वमध्यमा बद्रीनाथ आचार्यको डेरामा खान पकाएरै पास गरे। त्यसपछि उनलाई लाग्यो, ‘सम्पूर्ण मध्यमा पनि पास गर्छु।’

सम्पूर्ण मध्यमा दुई खण्डमा परीक्षा दिएर पास गर्नुपर्दथ्यो। तर, भैरबले एकैचोेटी दुवै खण्डको दिन सक्छु भनेर फर्म भर्न खोजेछन्। तर, शुल्क रहेछ १० रुपैयाँ भारु। 

‘त्यो कहाँबाट जुटाउने?’ उनलाई समस्या पर्‍यो। 

कविता लेख्न जानेका थिए भैरबले। त्यतिबेलाका युवराज मविवि साह कवि थिए। 'कवि हृदयका मान्छे हुन्। पैसा युवराजले पठाउँछन् कि' भनेर छन्दोबद्ध कवितामा भैरबले आफ्नो चाहना लेखे।

‘सम्पूर्ण मध्यमामा पढ्न चाहन्छु। १० रुपैयाँ कम रु फाराम भर्न पैसा लाग्छ। म सँग पैसा छैन। पठाउने निगाहा भए मेरो ठूलो कल्याण हुन्थ्यो भनेर,’ छन्दोबद्ध कवितामा उनले युवराजलाई बिन्ती बिसाएका थिए।

नारायणहिटीको गेटमा त्यो चिठी दर्ता गरेर आए। 

त्यसको एक हप्तापछि नारायणहिटीको सिपाही उनी बसेको डेरातर्फ आए। भैरबको डेरातर्फ आएर घोडा चढेको सिपाहीले गर्जिदों स्वरमा बोलाउन थाले, ‘ भैरब प्रसाद अर्याल भन्ने को?’ 

सिपाहीलाई भैरबले झ्यालबाट देखेपछि उनी डरले थुरथुर भएछन्। 

‘ओहो! मैले युवराजलाई चिठ्ठी लेखेको थिएँ। अब यो मलाई पक्रिन आयो,’ उनी काँप्दै खाटमुनी लुक्न गए।

डेरानिर बस्ने एक महिला त्यहाँ बुझ्न गइछन्। सरकारले पठाएको पैसा सिपाहीले दिन आएको रहेछ। त्यो थाहा पाएपछि भैरब ढुक्क हुँदै बाहिर निस्के। १० रुपैयाँ भनेका थिए। तर, युवराजले २० रुपैयाँ पठाएछन्।
यो  थाहा पाएपछि टोल छिमेक र नक्सालभरि भैरबको चर्चा चल्यो। सबै भैरब दरबारको पहुँचवाला भएछ भनेर दंग परेछन्। 

अरुबेला पिट्ने बाबुले त्यो समयमा भने स्याबास् भनेर धाप मारेछन्। 

ठगिएको जीवन 
भैरब गोरखापत्रमा लेख रचना शाखामा काम गर्थे। ‘त्यहाँ आर्थिक विषयमा सम्पादकीय लेख्नुपर्दा भैरब अर्याल। शिक्षामा लेख्नुपर्‍यो भैरब अर्याल। खेलकुदमा लेख्नुपर्‍यो भैरब अर्याल। भैरब नभए गोरखापत्र नै चल्दैन थियो,’ रोचकले सम्झँदै भने। 

यही शिलशीलामा भैरब हुँदा हुँदै ऊ भन्दा माथि ल्याएर एक साहित्यकारलाई नियुक्त गरिएछ। 

त्यतिबेला एकदिन रोचकलाई भैरबले भनछन्, ‘अरुको तालुमा आलु फल्छ, मेरो तालुमा चाहिँ पिडालु फल्यो।’

‘के भन्या तिमीले,’ रोचकले दंग पर्दै सोधे।

‘हेर न म हुँदा हुँदै हामी दुवैको माथि ल्याएर केशवराज पिँडालीलाई राखियो। 

यो उनको कडा हास्यव्यंग्य थियो।

त्यसैगरी अर्को प्रसंग कोट्याउँछन् रोचक- गोरखापत्रको सम्पादक थिए रामराज पौडेल। उनलाई पत्रकारिता सम्बन्धी पुस्तक लेख्ने रहर जागेछ। उनको क्षमताले भ्याएनछ। अनि भैरबलाई भनेछन्, ‘ए भैरब। एउटा पत्रकारिता सम्बन्धी पुस्तक लेख्नुपर्‍यो। तिमीले लेख्ने, मेरो नाममा छाप्ने। 

हाकिमले भनेर उसको चेपुवामा परेपछि उनले नाइँ भन्न  सकेनन्। उनले धमाधम लेख्न थाले। 
रोचक त्यतिबेला जनकपुर बस्थे। रोचकलाई हैरान हुँदै भैरबले चिठी लेखेछन् ‘रोचक हेर न, अरु चाहिँ रामभक्तिमा मस्त छन्। मचाहिँ हरामभक्तिमा व्यस्त छु।’ 

रामराज पौडलले लगाएको हुनाले भैरबले हरामभक्ति भनेका थिए। 

‘यसरी अरुको नाममा किताब लेखिदिनुपर्ने, हाकिमले भनेको टार्न नसक्ने चेपुवामा धेरै परेका छन् भैरब,’ रोचक सम्झन्छन्। 

एकजना खेलकुद सम्बन्धी ज्ञाता थिए कृष्णबहादुर बर्मा थिए। उनलाई जापान घुमाइबारे किताब लेख्ने रहर थियो। उनी सम्पादकका साथी। ‘ए राम। मलाई किताब लेख्नुपर्‍यो जापान सम्बन्धी। लौन,’ उनले आग्रह गरेछन्। 

सम्पादकले भनेछन्, ‘ए भैरब छँदै छ नि।’

उनले भैरबलाई लगाएछन्। भैरब थानकोट काटेर पनि नगएका मान्छेले ‘मेरो जापान भ्रमण’ भनेर लेखिदिएको किताब कृष्ण बहादुर बर्माको नाममा प्रकाशित भएको छ। 

अर्की एक जना सांसद थिइन्। उनले नेपाली नारीबारे किताब लेख्नुपर्‍यो। रामराजकै आदेशका कारण भैरबले नेपाली नारीको बारेमा शान्ता पोखरेलकाे नाममा पुस्तक लेखिदिए।

जोे त्यही किताब निस्किसकेपछि राज परिषद्को  माननीय भइन्।
०००

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कैलाली झडपः इन्सपेक्टर र असई घाइते
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट मंगलबार, फागुन १९, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्