काठमाडौं– नेपालले साफ युथ–१८ च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले पराजित गरेको छ।
भुटानको थिम्पुमा सम्पन्न खेलमा नेपालका लागि रोमन लिम्बु र रेजिन सुब्बाले गोल गरेका थिए।
पूरै खेलमा पकड जमाएको नेपालका लागि खेल सुरु भएको ७ मिनेटमै रोमनले गोल गरेका थिए । उनले सेन्टरभन्दा केही अगाडिबाट लामो प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए । दोस्रो गोल ५७ मिनेटमा रेजिनले गरे।
यसअघि नेपाल भुटानसँग १–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।