काठमाडौं– बृजेश चौधरीको उत्कृष्ट २ गोलको सहयोगले पराजय नजिक पुगेको नेपालले भारतविरुद्धको खेललाई २–२ गोलको बराबरीमा टुंग्याएको छ।
एएफसी युथ–१६ च्याम्पियनसिप छनोट अन्तर्गत सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थालाई बृजेशले उल्ट्याएका थिए।
उनले ७६औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर, बीचमा भारतले ८१औं र ८४औं मिनेटमा लगातार २ गोल फर्काएपछि नेपाल २–१ ले पछाडि परेको थियो। नेपालको खराब डिफेन्सको फाइदा उठाउँदै भारतका लागि दुवै गोल मनप्रितले गरेका थिए।
पराजय नजिक पुगेको नेपाललाई २ मिनेटको खेल बाँकी हुँदा बृजेशले बराबरीमा ल्याए। उनले ८८औं मिनेटमा अर्को उत्कृष्ट गोल गरेका थिए। बराबरीपछि नेपाल र भारतले १–१ अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।